काठमाण्डौ महानगरपालिका वडा नं ४ को नवनिर्मित भवन उदघाटन

काठमाण्डौ महानगरपालिका वडा नं ४ को नवनिर्मित भवन उदघाटन

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ११।

काठमाण्डौ महानगरपालिका वडा नं ४ को नवनिर्मित भवन उदघाटन गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा ४ को नव निर्मित भवनको उद्घाटन गरेका हुन।

२०७५ माघ १८ गते निर्माण पक्षलाई कार्यादेश दिएर २८ गते शिलान्यास गरेर करीब ३ करोड ५५ लाख २५ हजार रुपैयाँ लागतमा  काठमाडौंको मौलिकता झल्कने  साढे ३ तले भवनको क्षेत्रफल करीव ७ हजार स्क्वायर फिटमा फैलिएको छ।

भवन उद्घाटन  पछि बोल्दै प्रमुख शाक्यले, समृद्ध भौतिक संरचनाबाट चुस्त सेवा प्रवाह हुने विश्वाश व्यक्त गर्दै भवनको भव्यतालाई चुस्त सेवाले सार्थक बनाउने बताएका थिए ।

त्यस्तै  प्रदेश सभा सदस्य नारायण सिलवालले काठमाडौँ महानगरले उपयुक्त योजनामा खर्च गरेकोले वडा भवन निर्माण हुन सकेको उल्लेख भन्दै  वडा कार्यालयहरु सरकारका सेवा केन्द्र रहेको धारणा राखेका थिए।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, वडा भवनहरुको निर्माणलाई जनप्रतिनिधिले पदवहाली गरेपछिको महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै सेवा प्रवाहको गुणस्तरुमा थप सुधार गर्नुपर्ने बताएकी छन।

निर्वाचित भएको बर्ष कसरी काम गर्ने भन्नेमा दोधार रहेको अनुभव सुनाउँदै वडाका अध्यक्ष मोहनबहादुर विष्टले ४ बर्षमा आइपुग्दा वडामा विकासको जग बसाउन सकिएको बताएका थिए।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला, सीता अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सहित स्थानीयहरुको सहभागिता थियो ।

भवन  उद्घाटन कार्यक्रमका अवसरमा महामारी व्यवस्थापनमा सहयोग गर्ने दाता, विकास निर्माणमा  सघाउपुर्याउने क्लव,टोल सुधार समिति र उपभोक्ता समितिहरुलाई सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।