कम्तिमा चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ११।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा  कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै सो सुझाव दिएको हो।

यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

तपाइँको प्रतिक्रिया ।