व्यक्तित्व र व्यक्तित्व विकार : गोविन्द शरण पिएचडी (मनोविज्ञान )

व्यक्तित्व र व्यक्तित्व विकार : गोविन्द शरण पिएचडी (मनोविज्ञान )

कपन अनलाइन

काठमाडौं ,बैशाख ११।

व्यक्तित्व
चिन्तन, भावनात्मक प्रतिक्रिया, सम्वन्धको निर्वाह, सन्तुलित क्रियाकलाप र आचरणको संयुक्त स्वरूप नै व्यक्तित्व हो । जुन मान्छे जस्तो व्यबहार, चिन्तन, सम्वन्ध तथा आचरणले चिनिन्छ, त्यही नै उसको व्यक्तित्व हुन्छ । मान्छेमा भावना, कर्मको समझ, उचित–अनुचितको ज्ञान र स्वयं र आफुवरिपरिको समाजसंग गर्ने व्यबहार र अरूले व्यबहार गर्दा प्रकट हुने ‘स्वभाव’ले व्यक्तिको व्यक्तित्व निर्माण हुन्छ । सबैभन्दा महत्वपूर्ण तत्थ्य व्यक्तित्व केवल मनुष्यमा प्रकट हुन्छ, पशुपक्षि, रुखविरुवा वा प्रकृतिका अन्य वस्तुमा हुँदैन । त्यसैले मान्छेको व्यक्तित्वलाई उ जन्मेको, हुर्केको, भोगेको र भएको वातावरणले प्रभावित पार्छ ।

गीताले एस्तो व्यक्तित्वलाई ‘प्रकृति वा स्वभाव’ भनेर पहिचान गरेको छ व्यक्तित्वलाई निर्माण गर्ने शक्तिहरू सत्व, रज र तमोगुणका रूपमा पहिचान गरेको छ । व्यक्तित्वका धेरैजसो गुणहरू स्थायी प्रकृतिका हुने विश्वास गरिन्छ । त्यसैले वैदिक, बौद्ध तथा जैनी साहित्यहरूमा व्यक्तित्वलाई ‘प्रकृति, स्वभाव, धर्म’आदिका रूपमा स्थापित गरिएको छ ।

व्यक्तित्व विकार
सामान्यतया हरेक व्यक्तिको व्यक्तित्व उसको स्थायी स्वभाव हुन्छ । त्यही स्थायी स्वभावका आधारमा व्यक्तिको व्यक्तित्व स्थापित हुन्छ । त्यसै व्यक्तित्वलाई समाजले चिन्छ र सम्वन्धहरू निर्वाह हुन्छन् ।

यदि कुनै व्यक्तिको प्राकृतिक स्वभावमा (सहज प्रकृतिमा) परिवर्तन देखा पर्छ र त्यो परिवर्तनले व्यक्ति स्वयं र तेसका वरिपरीका सम्वन्धहरूलाई प्रभावित पार्छ भने त्यस्तो वदलिएको बुझ्ने, भावना प्रकट गर्ने र व्यबहार गर्ने परिवर्तनलाई ‘व्यक्तित्व विकार’ भनिन्छ । जब कुनै मान्छेको व्यक्तित्वमा विकार उत्पन्न हुन्छ, उसले गर्ने काम, सोच्ने प्रक्रिया, सम्वन्ध निर्वाह गर्ने प्रकृतिमा अप्राकृतिक अवस्था दृष्टिगोचर हुन्छन् । व्यक्तित्वमा देखा पर्ने विकारहरू केही वंशगत हुन्छन्, केही हर्मोनहरूमा उत्पन्न भएको विकारका कारण देखा पर्छन् भने केही वातावरण र केही परिस्थितिजन्य हुन्छन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।