बुढानिलकण्ठ -१२ मा नेकपा एमालेको समानान्तर कमिटी ,अध्यक्षमा रामशरण सापकोटा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ मा नेकपा एमालेको समानान्तर कमिटी गठन भएको छ।वडा नं १२ को इभर साइन पार्टी प्यालेसमा भएको भेलाले रामशरण सापकोटाको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको हो ।

समानान्तर कमिटीका काठमाण्डौ जिल्ला सचिव तथा  बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,समानान्तर कमिटीका क्षेत्रीय संयोजक धुर्व राज न्यौपाने , जिल्ला सदस्य निरन्जन नेपाल लगायतको उपस्थितिमा भएको भेलाले कमिटीको उपाध्यक्षमा अर्जुन राउत ,सचिवमा भरत गुरागाई र उपसचिवमा प्रकास चौलागाईलाई चयन गरेको छ।

तपाइँको प्रतिक्रिया ।