गोकर्णेश्वर नगरपालिकाले कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा दिने : सन्तोष चालिसे (नगर प्रमुख)

कपन अनलाइन

काठमाडौं बैशाख ९ । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई जटिलता भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए।

दोस्रो चरणको भाइरसको सङ्क्रमण तीव्र भएकाले स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा आह्वान गर्दै सामाजिक र भौतिक दूरी कायम गर्न , अनिवार्य रुपमा मास्को प्रयोग  गर्न समेत  अनुरोध गरेका छन् भने  कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  नगर बासीलाई अनुरोध गरेका हुन् ।स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै कोरोना पोजेटिभ भई स्वास्थ्य जटिलता आएर अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स चालक अर्जुन श्रेष्ठको मोबाइल नं ९८४३०९५४४५ मा सम्पर्क गर्न  समेत प्रमुख चालिसेले अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।