विहिवार देखि विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

विहिवार देखि विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको छ  ।

भोली विहिवार देखि लागु हुने गरि अर्को सूचना नभए सम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको हो । तर विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।