गोकर्णेश्वर नगरपालिकाका ५४ जनामा कोरोना संक्रमण देखियो
कपन अनलाइन
काठमाडौं बैशाख ८ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र देखि २०७८ साल बैशाख ५गते सम्ममा ३८ जना पुरुष र १६ जना महिला गरि कुल ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको छ। जस अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ९ जना पुरुष र ४ जना महिला गरि कुल १३ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नं २ मा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले जानकारी गराएका छन। त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा ६ जना पुरुष र ४ जना महिला गरि १० जना संक्रमित रहेको त्यसै गरि वडा नं५मा ७ जना पुरुष र २ जना महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको छ भने गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा ५ जना पुरुष र १ जना महिला गरि ६ जना संक्रमित भेटिएको जानकारी गराएको छ ।
त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा २ जना पुरुष र ३ जना महिला गरि ५ जनामा संक्रमण पुष्टि भएको छ भने गोकर्णेश्वर ८ मा१ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी गराएको छ। त्यसैगरि गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ भने गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा २०७७ साल चैत्र देखि कोहिमा पनि संक्रमण पुष्टि नभएको जानकारी गराएको छ । नगरपालिकाले कोरोनाको कहर पुन बढ्दै गएको हुँदा थप स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ । नगरपालिका स्वास्थ्य शाखाले भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेको छ ।