राष्ट्रियता र स्थानीय मौलिकता संरक्षणमा तिलोत्तमा नगरपालिकाको नविन अभ्यास

कपन अनलाइन
रुपन्देही ,बैशाख ८।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले राष्ट्रियता र स्थानीय मौलिकता संरक्षणका लागि सृजनात्मक अभ्यास शुरु गरेको छ।
सो नगरपालिकामा कार्यालय समय शुरु हुनुभन्दा अगाडी सबै उपस्थित जनप्रतिनिधि र कर्मचारीहरुले रास्ट्रिय र नगर गानमा सक्रिय सामुहिक सहभागिता जनाएर आफ्नो दैनिक जिम्मेवारी बहन गर्ने गरेका छन।
तिलोत्तमा नगरपालिकामा हरेक दिन  कार्यालय समय शुरु हुनुभन्दा ५ मिनेट पहिले नगरप्रहरीको प्राबिधिक संयोजनमा  बज्ने  राष्ट्रिय गान र नगर गानमा सहभागी भएर जनप्रतिनिधि र कर्मचारीहरु  कार्यालय प्रवेस गर्ने गरेका छन। प्रत्येक दिन सबै कर्मचारीहरुले नगरपालिकाको भवन अगाडी उभिएर रास्ट्रिय तथा नगर गानमा सहभागिता जनाउने गरेका छन।
नगर प्रमुख बासुदेव घिमिरेले देशभक्ति र नगरलाई पनि उत्तिकै माया र भक्ति सृजना गर्न  नगर गानको अभ्यास गरेको बताउदै  शुरुमा  अल्लि अफ्ठ्यारो मान्ने विभिन्न संघ सस्थाले अहिले सबै जसो कार्यक्रम , सस्थागत तथा निजि बिद्यालय, कार्यालय हरुमा राष्ट्रिय गान संगै नगर गान को राम्रो अभ्यास गरेकोमा खुसि ब्यक्त गरेका छन।
६६ शब्दको नगर गीत तयार गरेर नगरपालिकाले गत २०७६ असोज १७ गते सूचना जारी गर्दै सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानपछि नगर गीत गाउन निर्देशन दिएको जानकारी दिदै प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेलले नगरपालिकाका सबै विद्यालय र संघ संस्थाहरुलाई यसमा सक्रिय सहभागी बन्नका लागि आग्रह गरेका छन।
त्यस्तै नगरपालिकाका शिक्षा शाखाका उपसचिव गंगाराम आचार्यले प्रार्थनाको समयमा राष्ट्रिय गानपछि अनिवार्य रुपमा नगर गीत गाउनुपर्ने बताएका छन।
तपाइँको प्रतिक्रिया ।