काठमाण्डौ महानगरपालिकाका दुई वडा अध्यक्षलाई सुप्रवल जनसेवाश्री चतुर्थ

काठमाण्डौ महानगरपालिकाका दुई वडा अध्यक्षलाई सुप्रवल जनसेवाश्री चतुर्थ
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६।

काठमाण्डौ महानगरपालिकाका दुई वडा अध्यक्षहरुलाई सुप्रवल जनसेवाश्री चतुर्थ पदक प्रदान गरिएको छ।

२०७८ शाल  बैशाख  १ गते रास्ट्रपति निवासमा आयोजित कार्यक्रममा काठमाडौं  महानगरपालिका वडा नं ३ का अध्यक्ष दिपक केसी र वडा नं ४ का अध्यक्ष मोहन बहादूर बिस्टलाई सो पदक प्रदान गरिएको हो।

दुई वडा अध्यक्ष संगै काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सुप्रवल जनसेवाश्री तृतीय बाट सम्मानित भएका छन भने निर्देशकद्वय नमराज ढकाल र बसन्त आचार्यले  सुप्रवल जनसेवाश्री चतुर्थ पदक प्राप्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।