सुवर्ण शमशेर क्रिकेट मैदानमा बागमती प्रदेस महालेखाको नजर ,१७ लाख ७५ हजार अशुल गरिने
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६।
बुढानिलकण्ठ नगरपालिकाका स्थानीय संचार मध्यमले पटक पटक सबै भन्दा बढी चासो र प्राथमिकतामा राखेर स्थान दिएको सुवर्ण शमशेर क्रिकेट मैदान निर्माण गर्दा १७ लाख ७५ हजार अपचलन भएको देखिएको छ।
बागमती प्रदेसको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा सो मैदान निर्माण गरिरहेको सुवर्ण समशेर क्रिकेट मैदान निर्माण समितीले ६३.०९ घनमिटर पिसीसि र उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको उल्लेख गरिएको छ।
सुवर्ण शमशेर अध्ययन प्रतिष्ठानले सो मैदान निर्माण गर्दा प्राविधिक अध्ययनमा ४८ लाख ४० हजारको काम गर्दा श्रमदानको ८ लाख ३ हजार कट्टा गर्दा हुने रकम भन्दा बढी ४७ लाख ५९ हजार खर्च गरेको देखिएकोले महालेखा परीक्षकको कार्यालयले सो प्रतिष्ठान संग ७ लाख २२ हजार अशुल गर्न निर्देशन दिएको छ।
सार्वजनिक निर्माण कार्यन्वयन इकाई धादिंगको प्राविधिक मूल्यांकन नापी किताव सि नं ५ का अनुसार सो मैदानमा निर्माण गरिएको पी.सि.सि पर्खालमा पनि ६३.०९ घनमिटर फरक परेको उल्लेख गर्दै प्रति घन मिटर १६६८८.१९ का दरले १० लाख ५३ हजार अशुल गर्न प्रदेस महालेखा कार्यालयले निर्देशन दिएको छ।
सो पिसिसी निर्माण गर्दा जोड जम्मा गरेर १७२.८६ घनमिटर देखाएको तर वास्तविक स्थलगत क्षेत्रफल भने १०९.७७ घन मिटर मात्र रहेको बागमती प्रदेस महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखा प्रतिवेदनको बुँदा नं २० मा उल्लेख गरिएको छ।
अहिले सम्म करौडौ रकम खर्च हुदा पनि अलपत्र अवस्थामा रहेको सो क्रिकेट मैदानको शिलान्यास नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले गरेका थिए।
नेपाली कांग्रेसका पुर्व सभापति सुवर्ण शमशेर राणाको नाममा निर्माण हुन् लागेको मैदानका लागि काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको स्थानीय क्षेत्र पूर्वाधार विकास कोष ,बागमती प्रदेस ,खेलकुद परिषदका जिल्ला खेलकुद समिति सहित धेरै प्रतिनिधि र निकायबाट रकम बिनियोजन भएको छ।
बागमती प्रदेसका सार्वजनिक लेखा समितिका संयोजक न्युछे नारायण श्रेष्ठको प्राथमिकतामा रहेको सो मैदान निर्माणका लागि बागमती प्रदेस सरकारले पनि पटक पटक रकम बिनियोजन गरेको छ। सो मैदानलाई निकै महत्व दिएका श्रेष्ठलाई महालेखाको प्रतिवेदनले निरास बनाएको उनि निकट श्रोतले जानकारी दिएको छ।
बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण र विशाल खेलकुद पूर्वाधार बन्नुपर्ने सो क्रिकेट मैदानको दुरावस्थाले वरिपरी प्रातकालिन भ्रमणमा टहलिने काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य कुसुम कार्की ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल, नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठलाई लाजको सिमा नाघेर जिस्काईरहदा पनि उनीहरुको जवाफदेहिता र जिम्मेवारी बोध भने त्यहि मैदान बाट बगेको बालुवा झैँ बगिरहेको देखिन्छ।
स्थनीय संचार मध्यमले लगातार यस विषयमा कलम चलाएपछि सुवर्ण शमशेर अध्ययन प्रतिष्ठानले पटक पटक छलफल चलाएर पहल गरेपनि निर्माणमा कुनै प्रगति नदेखिनु र अहिले महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेर रकम अशुल गर्ने निर्देशन दिनुलाई गम्भीर रुपमा लिदै सो मैदान अव सार्वजनिक बहसको विषय बन्नुपर्ने एक खेलप्रेमी बताउछन।
प्रतिष्ठानले
कसैलाई नाम मन परेन राजनीति गरे ,कसैलाई मान्छे मन परेन राजनीति गरे,कसैले जस पाइने देखेनन् राजनीति गरे तर कसैले पनि नगरपालिकाका खेलाडी र खेलकुद माया गरेनन भनेर दुख प्रकट गर्दै उनले सो मैदान निर्माण अव नगरवासीको साझा पहलमा निर्माण गरिनु पर्ने धारणा राखेका छन।