गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय अन्तर बिध्यालय तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०७७ शुरु
कपन अनलाइन
काठमाडौं बैशाख १०। गोकर्णेश्वर नगरपालिकामा स्वास्थ्यको लागि खेलकुद ,गोकर्णेश्वरका लागि खेलाडी भन्ने मूल नाराको साथमा आज देखि नगरस्तरीय अन्तर बिध्यालय तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०७७ शुरु भएको छ । गोकर्णश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित ओख्रेनी माध्यमिक बिध्यल्याको खेल मैदानमा आज नगर प्रमुख सन्तोष चालिसेले एक कार्यक्रमका बीच सट पुट फालेर सुभारम्भ गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उप सचिब विजय प्रसाद आचार्य , गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नगर शिक्षा समितिका कृष्ण प्रसाद नेपाल चन्द्र प्रसाद पौडेल इसानका अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाली काग्रेसका श्री कृष्ण ज्योति लगायत बिभिन्न बिध्यालयका प्रधानाध्यापक शिक्षक प्रतिनिधि सहित बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता ओख्रेनी माध्यमिक बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिका नं १ का वडा अध्यक्ष राम मानन्धरले गरेका थिए भने कार्यक्रम संचालन गोकर्णेश्वर युवा तथा खेलकुद उपशाखा प्रमुख राम नारायण शाहले गरेका थिए।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उप सचिब बिजय प्रसाद आचार्यले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा इसानका अध्यक्ष राजकुमार लामा नगर शिक्षा समितिका कृष्ण प्रसाद नेपाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख सन्तोष चालिसेले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।उनले शिक्षामा खेलकुद गहना भएको बताउदै बिद्यार्थीहरुको अन्तर्निहित क्षमतालाइ बाहिर ल्याइ खेलकुदको माध्यम बाट बिद्यार्थीहरुको सिकाइ उपलब्धि हासिल गर्न समेत मद्दत पुर्याउने बताए ।उनले यस्ता प्रतियोगिताले बिध्यालय र बिद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावनाको विकास हुने बताउदै खेलकुदमा उत्कृष्ट हुने बिद्यार्थीहरुको अभिलेखीकरण राखी अन्य प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व गर्दा त्यस्ता बिद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने पनि बताएका थिए। उनले कोरोनाको जोखिम समेत बढ्दै गएको अवस्थामा स्वास्थ्य सजगता अपनाउन समेत सबैलाई अनुरोध गरेका थिए। उनले खेलमा कि जितिन्छ कि सिकिन्छ भन्ने कुरालाई मनन गरेर अनुशासनमा रहेर खेल खेल्न समेत अनुरोध गरेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै ओख्रेनी माध्यमिक बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए।दुइ दिन सम्म चल्ने उक्त प्रतियोगितामानगरपालिका भित्र संचालनमा रहेको बिभिन्न संस्थागत तथा सामुदायिक बिध्यालयका बिद्यार्थीहरुले
१. भलिबल (छात्र/छात्रा)
२. कबड्डी (छात्र/छात्रा)
३. एथलेटिक्स:
क) दौड (ट्रयाक) तर्फ:
छात्र/छात्रा: १०० मि., ४०० मि., ३००० मि., ४×१०० मि.रिले
ख) उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ:
छात्र: लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो ८०० ग्राम, सटपुट १२ पाउण्ड
छात्रा: लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो ६०० ग्राम, सटपुट ८ पाउण्ड
४. मार्सल आर्टतर्फ:
क) कराँते (सितेरियो)
छात्र: U-४२ के.जी., U-४७ के.जी., U-५२ के.जी. र काता एकल
छात्रा: U-४० के.जी., U-४५ के.जी., U-५० के.जी. र काता एकल
ख) उसु
छात्र/छात्रा: Chang Quan, Nan Wuan / Tai Ji Quan लगायतको खेलहरुमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।जस मध्ये कबड्डी र भलिबल खेल श्री बालसुधार माध्यमिक विद्यालय नयापाटीमाएथ्लेटिक्स श्री ओख्रेनी माध्यमिक विद्यालय उसु तथा कराँतेका खेलहरु शंखडोल डोजो हाल गोकर्णेश्वर ९ शंखडोलमा हुने समेत आयोजकले जनाएको छ ।