गोकर्णेश्वरमा ५ दिने आधारभुत व्यावसायिक पत्रकारिता तालिम सम्पन्न

गोकर्णेश्वरमा ५ दिने आधारभुत व्यावसायिक पत्रकारिता तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं बैशाख ५ ।गोकर्णेश्वर नगरपालिका  वडा नं ८ मा ५ दिने आधारभुत व्यावसायिक पत्रकारिता तालिम सम्पन्न भएको  छ ।माकलवारी स्थित जीजी ट्राभललजको सभाहलमा  २०७७ साल  चैत्र २८ गते देखि शुरु भएको उक्त  तालिम २०७८ साल बैशाख १ सम्म चलेको थियो भने बैसाख २ गते उक्त तालिमको एक कार्यक्रमका बीच समापन गरिएको हो ।

गोकर्णेश्वर प्रेस प्रालिको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहायोगमा ५ दिने निशुल्क आधारभूत व्यवसायिक पत्रकारिता तालिम समापन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा   गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, ५ का अध्यक्ष नारायण  बहादुर सुवेदी नेपाली काग्रेस जिल्ला सदस्य भावना ठकुरी, समाजसेवी तारादेबी फुयाल,कृष्ण कुमार चालिसे, प्रशिक्षक भिम लामा,  सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन प्रशिक्षक भीमलामाले गरेका थिए ।

५ दिन सम्म चलेको उक्त तालिम समापन सत्रलाई प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले विश्वसनीय र सत्य,तथ्यमा आधारित भएर पत्रकारिता गर्न सहभागीलाई सुझाव दिएका थिए । देखेको र सुनेको कुराहरुलाई मात्र समाचार बनाउन नहुने भन्दै उनले , विषय वस्तुको गहिराइसम्म पुगेर तथ्यपरक ढङ्गबाट समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए।

उनले तालिममा सिकेका ज्ञानलाइ व्यवहारमा उतार्न पनि सहभागीहरुलाई अनुरोध गरेका थिए  । समापन कार्यक्रममा सहभागी वक्ताहरुले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागी प्रशिक्षार्थीलाई अनुरोध समेत गरेका  थिए  ।तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। तालिममा सहभागी प्रशिक्षार्थीलाई पत्रकार, पत्रकारिता, समाचार लेखन, सम्प्रेशन, सञ्चारमाध्यम, पत्रकार आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको थियो।प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथि लगायतले प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।