बुढानिलकण्ठ कांग्रेसका सभापति गणेश कोइरालाका कस्ट
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ४।
२०७४ शालको स्थानीय निर्वाचनमा आन्तरिक खेलकुद र चलखेलका कारण १३ मध्ये ११ वटा वडा गुमाएर पराजय भोगेको नेपाली कांग्रेस बुढानिलकण्ठले लामो समय पछी पूर्णता पाएको थियो।
नगर समितिको पूर्णाता संगै गत निर्वाचनको पराजय र आगामी दिनका योजनालाई प्राथमिकतामा राखेर योजना बनाउने भन्दै नगर सभापति गणेश कोइरालाले पुनर्ताजगी भ्रमण गर्दै सदासयता सहितको सहकार्य मार्फत सदस्यता विस्तार वितरण जस्ता कामलाई अगाडी बढाएका थिए।
लामो समय सम्म अपूर्ण समितिको नेतृत्वमा बसेर केहि समय अघि मात्र पूर्ण समिति मार्फत संगठन र पार्टीका गतिविधिहरुलाई आक्रामक रुपमा अगाडी बढाउने कोइरालाको तयारीमा विविध कस्ट सृजना हुन थालेको चर्चा बुढानिलकण्ठ कांग्रेसमा चल्न थालेको छ।
नेपाली कांगेस काठमाण्डौ क्षेत्र नं ४ को आन्तरिक संघर्षका बाछिटाहरु बुढानिलकण्ठ नगर तिर पर्दा त्यसले केहि कस्ट सृजना गर्न सक्ने काठमाण्डौ -४ का एक नेताले बताएका छन।
नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विभाजनले उत्साहित बनेको बुढानिलकण्ठ कांग्रेसमा महाधिवेशन नजिकिए संगै चलेको नेतृत्वको दौडले पनि नगर समितिलाई कस्टमा पारेको ति नेताको बुझाई रहेको छ।
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र क्षेत्रीय सभापति राजु श्रेष्ठ विचको संघर्षले सताउदा तल्लो तहका समितिहरुलाई आक्रमक बनाउन नगर समितिलाई कस्ट रहेको नगर समितिका एक युवा नेताले बताएका छन।
लामो समय साविक महांकाल गाविसमा पार्टी प्रतिनिधिका रुपमा रहेका कोइरालाले बुढानिलकण्ठ नगरपालिकाको काम कारवाही र सुशासनका गम्भीर विषयमा उठाउने तयारी गरेको कार्यक्रमको कार्यान्वयनमा पनि कस्ट पर्न सक्ने भन्दै ति युवा नेताले आगामी महाधिवेशन र निर्वाचन केन्द्रित गतिविधिको प्रकृति र प्रवृतिले कस्टको मात्रा निर्धारण गर्ने धारणा राखेका छन।
बुढानिलकण्ठका केहि युवा नेताहरुको पहलमा समितिले पूर्णता पाए संगै लय समात्ने संकेत देखाएका नगर सभापति कोइरालाले दाइ भन्ने र दाइ बन्ने परिस्थितिलाई सन्तुलनमा राखेर अगाडी बढन सके कस्ट घट्न सक्ने तर्फ सोच्नु पर्ने एक बुद्दिजीवी बताउछन।