काठमाण्डौ -४ मा कुसुमको कसरत : समानान्तर कमिटीमा को को बने जिल्ला सदस्य ?

काठमाण्डौ -४ मा कुसुमको कसरत : समानान्तर कमिटीमा को को बने जिल्ला सदस्य ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

नेकपा एमाले खनाल नेपाल समुहले घोषणा गरेको काठमाण्डौ जिल्लाको समानान्तर जिल्ला कमिटीका सचिव कुसुम कुमार कार्कीले काठमाडौं क्षेत्र नं ४ मा सक्रियता बढाएका छन।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य कार्कीले पछिल्लो समय क्षेत्रका सबै वडाका नेता तथा कार्यकर्ताहरु  संग बाक्लो सम्पर्क बढाएको उनि निकट श्रोतले जानकारी दिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ का २८ जना नेताहरूलाई समानान्तर जिल्ला कमिटीको सदस्य बनाएका कार्कीले क्षेत्र र बुढानिलकण्ठ नगरपालिकाको नेतृत्वमा युवा नेताहरुलाई अगाडी बढाएको बुझिएको छ।

अव चाडै नै क्षेत्रीय कमिटी र वडा कमिटीहरुको गठन तथा घोषणा गर्ने तयारीमा  रहेको बताउदै उनि निकट एक नेताले क्षेत्र नं ४ अहिले कार्कीको पहिलो प्राथमिकतामा रहेको बताएका छन।

को को बने क्षेत्र नं ४ बाट समानान्तर जिल्ला कमिटी सदस्य ?

नेपाल कम्युनिस्ट पार्टी काठमाण्डौ जिल्लाको समानान्तर जिल्ला कमिटीमा रहेका काठमाण्डौ क्षेत्र नं ४ का सदस्यहरुमा  धुर्वराज न्यौपाने,तुलसी प्रसाद पनेरु,हरिराम ढुंगाना ,धुर्व प्रसाद न्यौपाने,सुद्ध डंगोल,निर्मला पुडासैनी ,जयराम थापा ,धरणीधर अधिकारी,प्रमिला सापकोटा ,अजय सुब्बा ,बलराम फुयाल ,दान बहादुर खड्का ,राधा दाहाल ,गंगा मैनाली ,गोपाल श्रेष्ठ ,संजु महर्जन ,रामकृष्ण भण्डारी ,दुर्गा बहादुर मिश्र ,मिलन खरेल ,शंकर पुर्कुटी ,वांगदी शेर्पा ,सावित्रा मैनाली ,शशी पाण्डे,धुर्व नेपाल ,माधव लाल श्रेष्ठ ,भक्त बहादुर थापा,निरन्जन नेपाल र कृष्ण प्रसाद घिमिरे रहेका छन।

क्षेत्र नं ४  मा धुर्वराज र नगरमा हरिरामको चर्चा :

काठमाण्डौ जिल्लामा समानान्तर कमिटीमा काठमाण्डौ क्षेत्र नं ४ का नेताहरुको व्यवस्थापन संगै क्षेत्र तथा नगरको नेतृत्वका वारेमा पनि कार्कीले सघन छलफल थालेको एक नेताले बताएका छन। काठमाण्डौ क्षेत्र नं ४ को नेतृत्वमा कार्कीले धुर्वराज न्यौपानेलाई ल्याउने तयारी गरेको जानकारी दिदै ति नेताले बुढानिलकण्ठ नगर कमिटीको अध्यक्षमा हरिराम ढुंगानाको सम्भावना रहेको बताएका छन।

पार्टीको विधान अनुसार काठमाण्डौ क्षेत्र नं ४ को कार्यकारी कमिटीको प्रमुखमा कार्की अध्यक्ष रहदा क्षेत्रीय कमिटीका सचिव रहेका न्यौपाने आउने र  क्षेत्रीय कमिटीको सचिवमा पुरुषोत्तम नेपाल ,प्रमोद ढकाल लगायतको नाममा छलफल चलिरहेको श्रोतले जानकारी दिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।