गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा नेपाल महिला संघको वडास्तरीय तदर्थ समितिले पूर्णता पायो
कपन अनलाइन
काठमाडौँ, बैशाख ४ ।गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा नेपाल महिला संघको वडास्तरीय तदर्थ समितिले पूर्णता पाएको छ । नेपाल महिला संघ काठमाडौंका सभापति विष्णुदेवी पुडासैनीको उपस्थितीमा भएको बैठकले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा नेपाल महिला संघको वडास्तरीय तदर्थ समिति गठन गरेको हो ।
नेपाल महिला संघ गोकर्णेश्वर वडा नं. ८ तदर्थ समितिलाई पूर्णता दिन बसेको बैठकमा , नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं. ८ का इकाई सभापति मनोज कुमार ढुंगाना, महिला संघका क्षेत्रीय सभापति लेख कुमारी पुडासैनी, महिला संघ नगर संयोजक लिला भट्टराई, नेपाली कांग्रेसका जिल्ला सदस्य भावना ठकुरी, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि नन्दलाल श्रेष्ठ, इकाई उपसभापति मुक्तिनाथ डोटेल, इकाई सहसचिव राजेश दाहाल लगायतको उपस्थिती रहेको थियो ।
बैठकमा नेपाल महिला संघ आबद्ध महिलाहरुको उत्साहका साथ सहभागिता रहेको थियो । यसै गरी बैठकले वडाबाट नगर समितिमा लक्ष्मी पुडासैनी र गीता खनाललाई प्रतिनिधि पठाउने निर्णय गर्नुको साथै वैठकले महिनामा कन्तिमा एक पटक बैठक बस्ने निर्णय समेत गरेको छ ।
फोटो : आशिष तामाङ