रामहरी खतिवडाको प्रश्न : माओ लेलिनले बनाएको पार्टी राष्ट्रबादी कि जनताले निर्माण गरेको काङ्ग्रेस ?

रामहरी खतिवडाको प्रश्न : माओ लेलिनले बनाएको पार्टी राष्ट्रबादी कि जनताले निर्माण गरेको काङ्ग्रेस ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले माओ लेलिनले बनाएको पार्टि राष्ट्रबादी कि जनताले निर्माण गरेको काङ्ग्रेस ? भन्ने प्रश्न गरेका छन ।

शुक्रबार नेपाली काङ्ग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ उदयपुरले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा संविधानसभा सदस्य रामहरी खतिवडाले नेपालका कम्युनिस्ट जनतालाइ झुक्याएर सत्ता हासिल गरेको बताएका छन। कार्यक्रममा बोल्दै खतिवडाले भने नेपाली काङ्ग्रेसलाइ नेपाली राजनैतिक इतिहासको बिभिन्न कालखण्डमा जनताले दिएको जिम्मेवारी निभाएको बताएका छन । मुलुकमा राणा साशनको अन्त्य देखि नयाँ संविधान निर्माण सम्म सबै उगान्तकारी परिवर्तन नेपाली काङ्ग्रेसकै नेतृत्वमा भएको बताए।

कम्युनिस्टले जस्तो बम हानेर जनता मार्ने, बिहे गराउन हिडेको पुजारी मार्ने, पढाउन बिद्यालय हिडेको शिक्षकलाइ रुखमा झुण्ड्याउने, बिकासका संरचनाहरु भत्काउने, गरिबको घरमा पाकेको खोले खोसेर खाने काम कांग्रेसले  कहिल्यै नगरेको भन्दै उनले  राणाहरुले जनता सग कर उठाएर आफ्नो खल्तिमा हाल्ने पद्धतिलाइ अन्त्य गर्दै जनताबाट आएको कर राज्यको ढुकुटिमा जम्मा गरेर देश र जनताकै हितमा खर्च गर्ने पद्धतिको बिकास कांग्रेसले गरेको बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।