नेकपा एमाले काठमाण्डौ जिल्ला अधिवेसन आयोजक कमिटीको सचिवमा दीपक निरौला

नेकपा एमाले काठमाण्डौ जिल्ला अधिवेसन आयोजक कमिटीको सचिवमा दीपक निरौला

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

नेकपा एमाले काठमाण्डौ जिल्ला अधिवेशन आयोजक कमिटीको सचिवमा दीपक निरौला चयन भएका छन । नेकपा एमाले बागमती प्रदेस कमिटीको बैठकले काठमाण्डौमा निरौला सहित अन्य जिल्लामा पनि सचिव चयन गरेको हो।

२०५१ शालमा तत्कालीन काठमाडौ ३ नम्वर क्षेत्रिय बिशेस जिल्ला कमिटी सदस्य बन्दै काठमाण्डौ जिल्लाको राजनीतिमा प्रवेस गरेका   निरौला लामो समय विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका थिए।

काठमाण्डौ क्षेत्र नं ५ (२) बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित निरौला यस अघि नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख रहेका थिए।

मदन भण्डारी फाउन्डेसन काठमाण्डौ जिल्ला अध्यक्ष समेत रहेका उनि बागमती प्रदेस सभामा नेकपा एमालेको संसदीय दलको सचेतक समेत रहिसकेका छन।

 

तपाइँको प्रतिक्रिया ।