हावाहुरी पिडित कृषकको माझमा बुढानिलकण्ठ नगर प्रमुख ,सहयोगको प्रतिवदत्ता
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ३०।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले वडा नं १३ चुनिखेलका हावाहुरी पिडित कृषकहरुलाई भेटेर सहयोगको प्रतिवदत्ता ब्यक्त गरेका छन।
नगरपालिकाले कृषि विशेष क्षेत्रका रुपमा अगाडी सारेको चुनिखेलमा रहेका विभिन्न तरकारी खेतिका संरचनामा हावाहुरीले अशर गरेपछि नगर प्रमुख खरेल स्थलगत निरीक्षणमा गएका थिए।
चुनिखेलका विभिन्न तरकारी खेतिको निरीक्षण र कृषकहरु संगको छलफल पश्चात प्रमुख खरेलले उनीहरुको राहत र सहयोगका लागि नगरपालिकाले पहल गर्ने बताएको चुनदेवी कृषि सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर श्रेष्ठले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।