कर्णालीमा एमालेका तीन मन्त्रीको सामूहिक राजीनामा

कर्णालीमा एमालेका तीन मन्त्रीको सामूहिक राजीनामा

कपन अनलाइन

सुर्खेत ,चैत्र २४।

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिएका हुन्। राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो। तीनजना मन्त्रीले राजीनामा दिएर नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन्।

तपाइँको प्रतिक्रिया ।