गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा सामुदायिक विपद प्रतिकार्य तालिम शुरु
कपन अनलाइन
काठमाडौं,चैत्र २३ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा सामुदायिक विपद प्रतिकार्य (विपद व्यवस्थापन सम्बन्धी सैदान्तिक एबम प्रयोगात्मक) तालिम शुरु भएको छ। श्री नं १ विपद व्यवस्थापन गण सुन्दरीजलको प्राबिधिक सहायोग तथा ग्राम निर्माण बन्दु मण्डल क्लब आरुबारी र भगवती युवा क्लब संखडोल संगको सहकार्यमा चैत्र २२ गते देखि २५ गते सम्म चल्ने उक्त तालिमको गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसेले एक कार्यक्रमका बीच आइतबार उद्घाटन गरेका हुन।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सभाहलमा भएको उक्त कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले गरेको कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका वडा नं ९ कि वडा सचिब संगीता बरालले गरेकी छिन । राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा श्री नं १ विपद व्यवस्थापन गण गणपति कर्णेल सन्जिब शिलवालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उक्त तालिममा १६ वर्षदेखी ४० वर्षसम्मका व्यक्तिहरु करिब ३० जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले तालिम पश्चात स्थानिय स्तरमा हुने विपदको समयमा व्यवस्थापन उपयोगी हुने बिश्वास ब्यक्त गर्दै तालिमले आगामी दिनमा स्थानिय स्तरमा आइपर्ने विपदलाई सहज ढंगबाट व्यवस्थापन गर्न सकिने बिश्वास ब्यक्त गरेका थिए ।उनले २०७२ सालमा आएको महाभुकम्पमा प्राकृतिक बिपद प्रतिकार्य तालिम तथा ज्ञान नहुदा भएका मानबिय तथा भौतिक क्षति भएको उदाहरणलाई दिदै सो तालिमले विपद न्यूनीकरणलाइ समेत सघाउ पुर्याउने बताएका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा रहेको भन्दै मानब र जीवन रक्षाको लागि सो तालिम फलदायी हुने बताएका थिए।
विपद कहिले ? कहाँ ? कसरी ? कुन स्केलमा आउँछ ? र यसबाट कति क्षति हुन्छ ? कति मानिस मर्न सक्छन् ? भन्ने कुराको पूर्वानुमान आज सम्म कसैले गर्न सकेका छैनन् भन्दै उनले विपदबाट बच्नको लागि वा यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्नको लागि समुदायमा आधारित पूर्व तयारीमा जोड दिनु पर्दछ भन्ने उदेश्यका साथ् विपद व्यवस्थापन तालिम प्रदान गरेको बताएका थिए। विपद पूर्व तयारी तथा प्रतिकार्य अभ्यासले मानिसमा विपद प्रतिकार्यप्रति आत्मविश्वास बढ्न गई विपदको बेलामा प्रभावकारीरुपमा प्रतिकार्य गर्न सक्षम हुने बिस्वास ब्यक्त गर्दै तालिममा सिकेका कुरालाई विपद् आइपर्दा खोज तथा उद्दार कार्यमा प्रयोग गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा श्री नम्बर १ विपद ब्यबस्थापन गणका गणपती सन्जिब सिलवाल को नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,वडा सदस्य सत्यामाभा श्रेष्ठ, श्री नम्बर १ विपद ब्यबस्थापन गण, प्रमुख प्रशिक्षक सहसेनानी शुर्यप्रकाश राई वडा सदस्य हरिकृष्ण कारन्जित, ,गमला कुमारी परियार,नव अरुणिमा का प्रधानाध्यापक अर्जुन प्रसाद दंगाल,भगवती युवा ज्लबका अध्यक्ष सञ्जय बि. क लगाएत विभिन्न राजनितीक दलका प्रतिनिधि लगायत विद्यार्थी र स्थानियको सहभागिता रहेको थियो ।