स्थानीय तहका लागि जबज कक्षा संचालन गर्दै मदन भण्डारी फाउन्डेसन काठमाण्डौ

स्थानीय तहका लागि जबज कक्षा संचालन गर्दै मदन भण्डारी फाउन्डेसन काठमाण्डौ

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

मदन भण्डारी फाउन्डेसन काठमाण्डौको आयोजनामा दुई दिने आवासीय जबज कक्षा हुने भएको छ। भक्तपुर बोडेमा रहेको कृषि विकास बैंकको भवनमा चैत्र २० र २१ गते उक्त कक्षा संचालन हुनेछ।

पहिलो चरणमा काठमाण्डौ महानगरपालिका , बुढानिलकण्ठ ,शंखरापुर ,कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका प्रतिनीधिहरुको सहभागितामा कक्षा संचालन हुने मदन भण्डारी फाउन्डेसन काठमाण्डौका अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन।

सो कक्षामा जनताको बहुदलीय जनवादका विसेषता ,यसका विविध आयाम र पक्षहरुका वारेमा फाउन्डेसनका प्रतिनिधि ,नेकपा एमालेका स्थानीय कमिटिका अध्यक्षहरु तथा १९ देखि २० वर्ष उमेर समुहका युवाहरुको सहभागिता रहने निरौलाले बताएका छन।

काठमाण्डौ जिल्लाका अन्य  स्थानीय तहका प्रतिनिधिहरुलाई चैत्र २७ र २८ गते दोश्रो चरणमा कक्षामा सहभागी गराइने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।