जनता र जनप्रतिनिधि सहकार्यको नमुना : कागेश्वरीधाममा कागको विशाल प्रतिमा

जनता र जनप्रतिनिधि सहकार्यको नमुना : कागेश्वरीधाममा कागको विशाल प्रतिमा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

कागेश्वरी मनोहरा नगरपालिकाको नामाकरण गरिएको कागेश्वरीधाम क्षेत्रमा रहेको लोकतान्त्रिक उधानमा विशाल कागको प्रतिमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

पहिउलो चरणमा कागेश्वरीधाममा सानो कागको प्रतिमा स्थापना गर्दै सो क्षेत्रको भौतिक पूर्वाधार निर्माण पुरा गरी सहज आवागमनको व्यवस्था गरिए संगै सोहि क्षेत्रमा रहेको लोकतान्त्रिक उधानमा विशाल कागको प्रतिमा राख्न लागिएको हो।

नगरपालिकाको शिरमा रहेको सो स्थान बाट काठमाण्डौ उपत्यकाको दृश्यावलोकन गर्दै मनोरम प्रकृतिको मजा लिन सकिने स्थानमा रहेको  उक्त विशाल कागको प्रतिमा निर्माणमा जनता र जनप्रतिनिधिहरुको सहकार्यको नमुना भूमिका देखिएको छ।

कागेश्वरी धाममा आएका पर्यटकलाई माथिल्लो भेगमा उकाल्ने सडक र अन्य पूर्वाधार निर्माण भैसकेको र कागको प्रतिमा स्थापना संगै सो क्षेत्रलाई भ्रमण योग्य पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखिएको बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्रि रामेश्वर फुयालले जानकारी दिएका छन।

स्थानीय जनता बाट संकलित सुन,पित्तल,तामा,फलाम लगायतका सामाग्री संकलन गरेर निर्माण गरिएको कागको प्रतिमा बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिदै मन्त्रि फुयालले सम्भवत यो विश्वकै ठुलो कागको प्रतिमा हुने दावी गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।