वागमती प्रदेशको संसदीय दल विधान मस्यौदाका लागि तिन सदस्यीय समिति गठन
कपन अनलाइन
काठमान्डौ ,चैत्र १८।
नेकपा एमालेले वागमती प्रदेशको संसदीय दलको विधान मस्यौदाका लागि समिति गठन गरेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक केशव पाण्डे, नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेको विधान मस्यौदा कार्यदल गठन गरेको हो ।
पुस १० गते साबिक प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । सो प्रस्तावमा मुख्यमन्त्रीको वैकल्पिक उम्मेदवार शाक्यलाई बनाइएको थियो ।
तर नेकपा एमाले ब्युँतिएसँगै अविश्वास प्रस्तावबाट बुृधवारै फिर्ता गरिएको छ।
तपाइँको प्रतिक्रिया ।