नेपाल पत्रकार महासंघ निर्वाचनको मैदानमा बुढानिलकण्ठका चार जना
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
यहि चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्दै आएका चार जनाले उम्मेदवारी दिएका छन।
नेपाल पत्रकार महासंघको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्दै आएका एक जना पत्रकारले अध्यक्षमा उम्मेदवारी दिएका छन भने तिन जनाले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्दै आएका गजेन्द्र बुढाथोकीले आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा पहिलो उम्मेदवारी दर्ता गराएका छन। लामो समय देखि पत्रकारिता र लेखनमा सक्रिय रहेका उनले पत्रकारिता क्षेत्रको व्यवसायिक विकासका लागि आफुले उम्मेदवारी दिएको घोषणा गरेका छन।
त्यस्तै महासंघको उपत्यका सदस्यको पदका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बसोवास गर्दै आएका ज्ञान प्रसाद पौडेल (ज्ञानेन्द्र) ले पनि उम्मेदवारी दर्ता गराएका छन। नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाका अध्यक्ष रहेका पौडेल लामो समय देखि छापा तथा अनलाइन संचार माध्यममा सक्रिय रहेका छन।
त्यसै गरी दृस्टी ,साँघु हुदै विभिन्न पत्रिकामा लामो समय देखि सक्रिय पत्रकारिता गर्दै आएका बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का माधव पौडेलले पनि खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन। पौडेल नेपाल फेस डट. कम का प्रधान सम्पादक हुन्।
त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्दै आएकी सतीदेवी उप्रेती सुवेदीले पनि महिला खस आर्य तर्फ महासंघको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन। सुवेदी रोडम्याप साप्ताहिककी सम्पादक हुन् ।