लियो जिल्ला परिषद ३२५ ए वानको उपाध्यक्षमा गोकर्णेश्वरका लियो विजय श्रेष्ठ निर्वाचित
कपन अनलाइन
काठमाडौं, चैत्र १७ ।काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार सम्पन्न लियो जिल्ला परिषद ३२५ ए वानको नवौ जिल्ला अधिबेशनबाट काठमाडौं गोकर्णेश्वरका विजय श्रेष्ठ उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन ।
उपाध्यक्षका उम्मेद्बार श्रेष्ठले वर्ष २०२०/२१मा सिनियर एरिया कोर्डिनेटरको रुपमा काम गरिसकेका छन । निर्वाचित भए संगै श्रेष्ठले लियो जिल्ला परिषद ३२५ ए १ को ९औ जिल्ला अधिवेशन वाट आफुलाई जिल्ला उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष साथ सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन ।उनले यस घडीसम्म आईपुग्दा सम्पूर्ण क्लब अध्यक्ष, क्लब परिवार, लायन्स तथा लियो अग्रज, मित्रहरुको साथ सहयोग र हौसला निकैनै अपरिहार्य रहेको बताउदै सौहार्दपूर्णबातावरण वातारण सृजना गर्न सहयोग गर्ने लियो रोजन श्रेष्ठ तथा लियो डोल्मा श्रेष्ठ प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
त्यसै गरि उनले यस्तै माया, साथ र हौसला आगामी दिनमा समेत रहीरहन्छ भन्ने कुराप्रति म आशावादी रहेको भन्दै सबै एक भएर लियो को गरिमालाइ अझ नया उचाइ दिलाउन सबैको सहयोगको अपेक्षा गरेका छन् । त्यसैगरि लियो जिल्ला परिषद ३२५ ए वानको नवौ जिल्ला अधिबेशनबाट बिराटनगरका मुकेश पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन ।