बिद्यार्थीलाइ भिसा खुल्ला गर्ने कोरियाको निर्णय स्वागत योग्य :कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)
कपन अनलाइन
काठमाडौं,चैत्र १६ । नेपालका लागि कोरियन दुताबासले भिसा प्रक्रिया खुल्ला गर्ने निर्णयलाई कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले स्वागत गरेको छ। कोरियन दुताबासको निर्णय स्वागतयोग्य रहेको केक्यानका अध्यक्ष गणेश शर्मा तथा उपाध्यक्ष बिष्णु खड्काले जानकारि दिनुभयो । २०२१ अप्रिल १ देखि भिसाका लागि आवेदन दिन सकिने दुताबासले जनाएको छ । दुताबास खुल्ला गर्न र भिसा प्रक्रिया सुचारु गर्नका लागि संघले कोरियन दुताबास र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन बुझाउँदै आह्वान गरेको थियो । ‘विद्यार्थीहरुमा अन्योलको स्थिति थियो,’ बिष्णु खड्काले भने, ‘दुताबासको यो निर्णयले विद्यार्थी तथा अभिभावकमा भएको अन्योलता हटेको छ ।
’ विद्यार्थीहरु अध्ययनका लागि छिट्टै कोरिया जानसक्ने उनले बताए । लामो समयको लागि (६ महिना भन्दा बढी) कोरिया जान लागेकाहरुका लागि भिसा प्रक्रिया खुल्ला गरिएको दुताबासले जनाएको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लामो समयदेखि भिसा आवेदन बन्द थियो । बैबाहिक भिसा (कोरियन नागरिकको श्रीमान तथा श्रीमती) र अध्ययन भिसा जारी गर्ने दुताबासले जनाएको छ । उच्च शिक्षा अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीलाई दुताबासको यो निर्णयले सहज भएको छ । उनीहरुले अब कोरिया जानका लागि आवेदन दिनसक्नेछन् ।