Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/166437711_454297659323656_1804562534034445295_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोसाइँकुण्ड गाउँपालिकामा सक्षम सोसाइटी नेपालको निशुल्क दन्त शिविर सम्पन्न

कपन अनलाइन

रसुवा ,चैत्र १६ /सुजन तामाङ्ग (लोपेन)

सक्षम सोसाइटी नेपालको आयोजनामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ। गत वर्ष सिन्धुपाल्चोक जिल्लामा  शिविर सञ्चालन गरिएको थियो भने यस वर्ष  रसुवा जिल्लामा  गरिएको हो।

गोसइँकुण्ड गाउँपालिकाको १,२,३ वडा(वृदिम,टिमुरे,थुमन्) मा १/१ दिन को शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरबाट ८४०जानले सेवा लिने मौका पायो। साथै पदमार्ग प्रबर्द्वन र सरसफाई कार्यक्रम पनि गरिएको थियो।

यस शिविर सञ्चालनमा सह- आयोजक ह्योल्मो हेल्पिङ ह्याण्डस नेपाल रहेको  थियो भने मुख्य सहयोगी गोसाईकुण्ड गा.पा को थियो र काठमाडौं मोडेल अस्पताल स्कूल ओलार हेल्पको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

विगतको वर्ष सिन्धुपाल्चोक जिल्लामा शिविर सञ्चालन गरेको थियो भने यस पटक गोसाइँकुण्ड गापाको वडा नं  १,२र ३  मा गई सेवा दिन पाएकोमा खुसि व्यक्त गर्दै सक्षम सोसाइटी नेपालका महासचिव अजय लामाले  स्थानीय जनसमुदयहरुलाई सहयोग गर्न पाउँदा हर्षित भएको धारणा राखेका थिए ।

(सुजन तामाङ्ग (लोपेन) सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।