कलाकारितामा जम्दै रसुवाका दावा फिन्जो तामाङ्ग
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १४ /सुजन तामाङ्ग (लोपेन )
रसुवाको बिकट गाउँमा जन्मेको दावा फिन्जो तामाङ्ग सानै देखि कलाकार बन्ने सपना भोगेका नायक दावा फिन्जो तामाङ गाउँघरमा स्कूल तिर मौका पयोकी नृत्यनाटक, नाचगानमा औधी रुचि राख्ने गर्थे र भाग लिईहाल्थे । २०६२/०६३ सालमा आफ्नै गाउँमा छाँयान्कन भएको सुजन तामाङ द्वारा निर्देशन रहेको तामाङ फिल्म गोदेवा चलचित्रमा सह – नायकको भुमिका निभाउनु भै फिल्म क्षेत्रको यात्रा सुरु हुँदै अहिले नेपाली फिल्मको नायक समेत भएर उदाएको छन् जस्तै नेपाली फिल्म मङ्गोलियन हर्ट राम साइली अभियान हुँदै अहिले पुर्ण नेपाली कथानक चलचित्र किपटको सुटिङमा ब्यस्त रहेछन्।
कलाकार बन्ने रहर र सपना थियो, सपना देख्नु पर्छ, अवश्य पूरा हुन्छ भने झै आफ्नो आफन्त पर्ने दाईले तामाङ्ग कथानक चलचित्र गोदेबाको छायंकन आफ्नै गाउँमा गर्न आएकोले दावा फिन्जो तामाङलाई कलाकार बन्ने रहर र सपना पुरा भएको रहेछ । त्यस गोदेवा चलचित्रमा गाउँले भूमिकामा सानो भुमिका निभाउदै गर्ने क्रममा राम्रो अभिनय गरेकोले निर्देशकले फेरि अर्को फिल्ममा पुर्ण मौका दिएको प्रष्ट खोल्नु भयो। अहिले म्युजिक भिडियो / टेलि सिरियल देखि लिएर तामाङ फिल्म नेपाली फिल्महरु जस्तो धेरैमा काम गरिसकेका छन्। ती सबै भिडयोहरू बाट धेरै देश बिदेशमा सम्मान तथा अवार्ड हरु थपिसकेको छन्। अहिले देश तथा विदेशका दर्शक स्रोताहरुले सम्झेको बेला आफ्नो प्रस्तुति लिएर पुगिरहेको हुन्छ।अहिलेको कलाकारहरु मध्ये ब्यस्त कलाकारमा लिन सकिन्छ। जिल्लामा प्रतिभावान कलाकारहरु त धेरै नै थिए तर कलाकारहरुलाई ठाउँ दिने, कलाकारहरुको प्रतिभा चिन्ने चिनाउने वा कलाकारहरुले आफ्नो प्रस्तुति दिन पाउने कुनै माध्यम/अनि कला प्रकट गर्ने ठाउँ थिएन, केही मात्रामा कला भएको कलाकारहरु पनि छरपस्ट थियो र एक अर्कालाई चासो दिन सक्ने सम्मको अवस्था थिएन सोही कारण एक अर्को बिच परिचय थिएन नै।
यो देखेर कलाकारहरुलाई एकै ठाउँमा ल्याउनु पर्छ, प्रतिभा भएको कलाकारहरु मौका दिलाई आफ्नो जिल्ला रसुवाको नाउँ राष्ट्रिय/अन्तराष्टरियस्तर सम्म पुर्याउनु पर्छ।, भाषा ,भेषभुषा लगायत आफ्नो मौलिक परम्परा संस्कृतको पनि जगेर्ना गर्नु पर्छ भन्ने हेतुले आफ्नो नेतृत्वमा राष्ट्रिय संगीत कर्मी संघ रसुवको नेतृत्व २०७४ मा लिनु भयो। कलाकारहरुको नेतृत्व लिनुको मुख्य कारण भनेको नै रसुवा जिल्ला भरीको स्रष्टा कलाकार र नव कलाकारहरु एक अर्का परिचय होस् साथै रसुवा जिल्लाको पर्यटन प्रवर्द्धनमा गीत संगीतको माध्यमबाट छिटो छरितो पुग्ने भएकोले गर्दा नेतृत्व लिएको र रसुवा जिल्लाको आम जनसमुायको जीवन स्तर सहज देश तथा विदेशको पर्यटकहरू भित्राउने सोचाइका कारण रसुवा जिल्ला भारी विभिन्न कार्यक्रमहरू गरेको दावा फिन्जो बतउनुहुन्छ।
जिल्ला स्तरीय धेरै कार्यक्रमहरू गर्नु भयो र प्रतिभावान कलाकारहरुको खोजी गरी नव कलाकारहरु जन्माउनु भयो। उहाँको काम देखेर मूल्याङ्कन को आधारमा उहाँलाई नै फेरि नेतृतव दिनु पर्छ भनी सबै कार्य समितीका पदाधिकारीहरुले ठाँउबाट अनुरोध दोस्रो अधिवेशनमा पुन:अध्यक्ष पदको जिम्मा ग्रहण गर्नु भयो।
अहिले जिल्ला र पालिका स्तरीय कार्यक्रमहरू गर्नुका साथै रसुवाको प्रत्येक पलिकहरुमा पालिका स्तरीय भेलाहरु गठन गर्दै लागिरहनु भएको छ। अहिले संगीत कर्मी संघ रसुवाको छाता मुनि जम्मा जम्मी ११४० जनाको संख्यमा कलाकारहरु रहेको छन् भने ४५ जना सल्लाहकारहरु मात्र रहेको छन्। जिल्लामा करिव करिव सोचेको जस्तै भइरहेको र ९९%सफल भएको र कलाकारहरुलाई जिल्ला देखि राष्ट्रिय/अन्तराष्टरियस्तर सम्म जति सक्दो छिटो लैजाने कोसिस गरिरहेको र भविष्यमा पीडित कलाकारहरुका लागि मार्ग प्रर्दशन गरी अगाडि बढ्ने लक्ष्य लिएको धारणा राख्नु हुन्छ ।
रसुवामा उहाँ जस्तै कलाकार पाउन भाग्यको कुरा रहेको छ। चलचित्रहरुमा नायकको भूमिका जसरी सकारत्मक हुन्छ त्यस्तै उहाँ वास्तविक जीवनको पनि नायक हुनुहुन्छ। यदि कोही कसैलाई समस्या पर्यो भने दिनरात नभनिकन समाज सेवामा पनि त्यतिकै सक्रियता रहेको पाइन्छ। उहाँको नेतृत्वमा धेरै सामाजिक कामहरु गरिसकेको छन् । अहिले बुद्धि तामाङ्ग(हैट) सँग मुख्य भूमिकामा रहेको नेपाली कथानक चलचित्र रमसाईली पनि प्रर्दशनको तयारीमा अवस्थामा रहेको छ