ओखलढुंगे बामपन्थी राजनीतिको अग्रभागमा उदाए अम्बिर

कपन अनलाइन

ओखलढुंगा ,चैत्र १३।

ओखलढुंगा जिल्ला बाट प्रदेस नं १ को प्रदेस सभा सदस्यमा निर्वाचित अम्बिर बाबु गुरुङ जिल्लाको बामपन्थी राजनीतिमा मन्त्री बन्ने पहिलो नेता बनेका छन।

प्रदेस नं १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेका उनलाई शुक्रवार गरिएको मन्त्री मण्डल विस्तारमा मन्त्री बनाइएको छ।ओखलढुंगा जिल्लाको बामपन्थी आन्दोलनमा लामो समय देखि सक्रिय रहेका गुरुङ २०५६ शालमा भएको संसदीय निर्वाचनमा तत्कालिन नेकपा माले बाट सांसदको उम्मेदवार बनेर पराजित भएका थिए।

पछिल्लो समय नेकपा र नेकपा एमालेमा देखिएको विवाद संगै प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार माधव नेपाल पक्षमा सक्रिय देखिए सगै गुरुङले ओखलढुंगा जिल्लामा ओली पक्षको कमाण्ड सम्हाल्दै संगठन विस्तार र अन्य गतिविधिमा निकै सक्रिय बनेका थिए।

नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल निकट मानिने गुरुङ पछिल्लो समयमा प्रदेस १ का मुख्यमन्त्री शेरधन राईलाई रिजाउन सफल बने संगै मन्त्री उपहार प्राप्त गर्न सक्षम बनेका छन।

ओखलढुंगा जिल्लाका अधिकांश प्रभावशाली नेताहरुको साथ् पाएका गुरुङको उदयलाई धेरैले जिल्लामा यज्ञराज सुनुवारको राजनीतिक यात्रामा देखिएको निकै ठुलो तगारोका रुपमा चर्चा गर्न थालेका छन।

सुनुवारको दृश्य अदृश्य पेलानमा परेर पिडित बनेका अनेकन नेताहरुलाई समेटर ओखलढुंगा जिल्लामा दरिलो समुह निर्माण गर्न सफल बनेका उनलाई धेरैले आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भन्दै प्रचार गर्न समेत थालिसकेका छन।

 

तपाइँको प्रतिक्रिया ।