नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को आवासीय प्रशिक्षण शुरु

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को आवासीय प्रशिक्षण शुरु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को आवासीय प्रशिक्षण शुरु भएको छ। कृषि विकास बैंक भक्तपुरको प्रशिक्षण केन्द्रमा भैरहेको कार्यक्रममा क्षेत्र नं ५ का ८० जना  नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ।

पार्टी संगठन निर्माण र परिचालन ,जन संगठन निर्माण र परिचालन ,संचारको भूमिका र समन्वय ,वर्तमान राजनीतिक अवस्था र हाम्रो भूमिका ,नेपालको संघीय शासन प्रणाली र जनताको बहुदलीय जनवाद र शुखी नेपाली समृद्ध नेपाल लगायतका विषयमा हुने प्रशिक्षणको उद्घाटन नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल ले गरेका थिए।

चैत्र ८ र ९ गते दुई दिन चल्ने आवासीय प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले वर्तमान राजनीतिक अवस्थाका वारेमा  प्रशिक्षित  गर्न  यस किसिमका प्रशिक्षण लाभदायी हुने भन्दै आयोजकको प्रशंशा गरेका थिए।

त्यस्तै कार्यक्रम माथि प्रकास पर्दै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ का संयोजक दिपक निरौलाले क्षेत्रमा संगठन निर्माण ,विस्तार र परिचालनका लागि ठोस योजना निर्माण गर्न आवासीय बैठक आयोजना गरिएको बताएका थिए।

उक्त आवासीय प्रशिक्षणमा रामशरण प्याकुरेल, कृष्ण राई,नारायण सिलवाल , योगमाया सापकोटा ,दीपक निरौला,अनुप पौडेल र मिलन धरेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।