राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १३औ स्थापना दिवस मनाइयो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बाग्मती प्रदेश कमिटीको आयोजनामा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १३ औ स्थापना दिवस नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट हलमा सम्पन्न भएको छ।

नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानका साथै युनियनको स्थापनाका ईतिहासको चर्चा गरिएको थियो ।

उक्त  प्रशिक्षणमुलक कार्यक्रममा अतिथीहरू क्रमश जिफन्ट उपाध्यक्ष महिला कमिटी अध्यक्ष नाबुन संस्थापक अध्यक्ष माननिय मिना गुरुङ, जिफन्ट उपाध्यक्ष बाग्मती प्रदेश ईन्चार्ज जितेन्द्र श्रेष्ठ, जिफन्ट महासचिव जनक चौधरी, नाबुन केन्द्रीय अध्यक्ष सुमन गुरुङ,जिफन्ट बाग्मती प्रदेश अध्यक्ष रामहरि नेपाल, नाबुन उपाध्यक्ष गंगा नकर्मी, महासचिव पबि गुरुङ, उपमहासचिव अस्मिता श्रेष्ठ,प्रचार सचिव अन्जु गुरुङ जिफन्ट बाग्मती सचिव अर्जुन अर्याल, सचिबालय सदस्य तुलसी शिवाकोटी लगायत नाबुन बाग्मती प्रदेश परिवार उपत्यकाका बिभिन्न कमिटीमा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता नाबुन बाग्मती प्रदेश अध्यक्ष गिता कंडरिया मैनालीले गरेकी थिइन्  भने कार्यक्रम संचालन केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सचिव सुजना जोशीले गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।