कलंकीमा सडक पेटीमा सुतिरहेको एक व्यक्तिको ढुंगाले हिर्काएर हत्या

कलंकीमा सडक पेटीमा सुतिरहेको एक व्यक्तिको ढुंगाले हिर्काएर हत्या

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८।

काठमाडौंको कलंकीमा सडक पेटीमा सुतिरहेको एक व्यक्तिको ढुंगाले हिर्काएर हत्या भएको छ।

आइतबार बिहान करिब ३ बजे काठमाडौं महानगरपालिका-१४ कलंकी थापागाउँस्थित सडक पेटीमा सुतिरहेको अवस्थामा ढुंगाले हिर्काएर एक व्यक्तिको हत्या गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिएका छन ।

मृत्यु हुनेमा कलंकीको थापा गाउँ सडकपेटी बस्ने ५५ वर्षीय चौधरी भन्ने छन्। उनको अरू पहिचान खुलिनसकेको एसएसपी सिंहले बताए।

प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका घर बताउने २१ वर्षीय दिनेश थापा छन।

तपाइँको प्रतिक्रिया ।