सिन्धुपाल्चोकमा मापदण्ड नपुगेको भन्दै स्वास्थ्य चौकीको पर्खाल भत्काइयो
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५/सुशील सुवेदी
भुकम्पपछिको पुनर्निर्माणमा सदाचार कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका वडा नम्बर १२ को बाँसबारी स्वास्थ्य चौकिमा लगाइएको वाल मापदण्ड नपुगेको भन्दै अनुगमन टोलिले भत्काइदिएको छ ।
जिल्ला समन्वय समिति, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन , वडा कार्यालय र ट्रान्सपरेन्सि इन्टरनेस्नल नेपाल बाट गएको प्राबिधिक सहितको अनुगमन टोलिले पर्खालमा हुनुपर्ने मापदण्ड नभएको भन्दै भत्काएको मेलम्ची १२ का वडा अध्यक्ष राम बहादुर लामाले जानकारी दिएका छन ।
ट्रान्सपरेन्सि इन्टरनेस्नल नेपालले सरकारी भवन, निजि आवास,स्वास्थ्य चौकि लगाएत संरचनाको पुनर्निमाण हेर्दै आएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सिन्धुपाल्चोकले भूकम्प पछि पुर्ननिमाण र पूर्नस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत २ करोड ९४ लाख ६९ हजार ३ सय रुपिँया लागतमा बन्न लागेको स्वास्थ्य चौकिको भवन २०१९को जुलाई १५ बाट सुरु भएको थियो । २०२०को अक्टोबर १४ सम्म हस्तान्तरण गरिसक्न पर्ने भएतापनि अहिले सम्मपनि सो स्वास्थ्य चौकि हस्तान्तरण भएको छैन ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन चौताराको सहयोगमा स्वास्थ्य चौकिको भवन निमार्ण भइरहेको छ । अवलोकन तथा मापनका क्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बाँसबारी स्वास्थ्य चौकिमा लगाइएको वालको अवलोकन गरेको थियो ।
यस अवलोकन तथा मापनका क्रममा जिल्ला समन्वय समिति अनुगमनमा जाँदा ठेकेदारको लार्पबाहिकै कारण कमजोर वाल लगाएको पाइएकाले तुरुन्त संरचना भत्काउन लगाइएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाको भनाई छ । “ म आफै पनि अवलोकनमा गएको थिए अवलोकनमा जाँदा मापदण्ड अनुसार काम गरेको नपाइएपछि भत्काउन लगाको छु ”सापकोटाले भनिन ।
अनुगमनमा गउका प्राविधिक, वडा अध्यक्ष , ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कर्मचारी लगायतको टोलि अनुगमनको क्रममा पुगेको थियो । एउटै कामदार नपाएको र फरक फरक कामदार लगाउन परेका कारणले वालमा केहि समस्या आएको ठेकेदारले स्विकारेको छ ।
लगाइएको पर्खाल मापदण्ड विपरित पाइएपछि वडा अध्यक्ष,प्राविधिक, ठेकेदार लगायतलाई ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल सिन्धुपाल्चोकले ध्यानाकर्षण गराउने काम गरेको थियो ।
सो पश्चात् ठेकेदारले तुरुन्तै मापदण्ड विपरित रहेको वाल भत्काएर पुन वाल लगाउने बताएको थियो । स्वास्थ्य चौकि निमार्ण भइरहँदा स्वास्थ्य चौकि हेर्न खटाइएको प्राविधिकले किन नहेरेको भन्ने प्रश्नमा जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रमुख सन्तोष निरौंलाले प्राबिधिकहरुले धेरै साइड हेर्नपर्ने र प्राबिधिकको आँखा छलेर कामदारले लार्पबाहि गरेको हुनाले यस्तो भएको बताए । “प्राविधिकहरु सिमित हुन्छन् एउटै ब्यक्तिले धरै साइट हेर्नपर्ने हुन्छ दिनकै साइटमा जानपनि भ्याइदैन प्राविधिक टोलि नभएको बेला कामदारले आफु अनुकुल काम गर्छन त्यसैले समस्या भएको हो” उनले भने । इन्जिनियर प्रकाश कार्किले वाल लगाउदा जोइन नमिलेको कारणले भत्काउन लगाइएको जानकारी गराउनुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालसँगै गएको अनुगमन टोलिलाई इन्जिनियर कार्किले अलिकति ठेकेदारले वेवास्ता गरेको कारण लगाइसकेको पर्खाल भत्काउन परेको बताए ।
मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर लामाले बेलैमा अनुगमनमा आई स्वास्थ्य चौकि तथा वाल निमार्णमा भएको कमजोरी पत्ता लगाई सुधार गर्ने मौका पाएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सिन्धुपाल्चोकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि हाम्रा कमीकमजोरी देखाइ सहयोग गरिदिनु हुन आग्रह गरेका थिए ।
स्थानीय तहको वित्तीय तथा सामाजिक जावफदेहिता कमजोर हुदै गइरहेको अवस्थामा स्थानीय तहको अभिभावक निकायले यस तर्फ थप ध्यान दिन आवश्यक रहेको भन्दै रेडियो मेलम्चीका समाचार प्रमुख दिपिन ढुंगानाले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सिन्धुपाल्चोलाई धन्यवाद दिँदै सेवा प्रदायक संस्थालाई सेवाग्राहीलाई सहजता सिर्जना गर्न थप सिर्जनात्मक हुन पनि आग्रह गरेका थिए ।
भूकम्पपछि सिन्धुपाल्चोकको स्वास्थ्य चौकि पुननिमार्णको अवस्था नाजुक देखिएको छ । भूकम्पले भत्काएको स्वास्थ्य चौकिको भूकम्प गएको यतिका बर्ष बितिसक्दापनि सम्बन्धित निकायले खासै चासो नदिदा पुर्ननिमार्णले गतिलिन नसकेको हो । अहिले जिल्लामा २२ वटा स्वास्थ्य केन्द्रको जग्गातय भएर टेण्डर प्रक्रिया अगाडि बढाइएको छ भने २ वटा स्वास्थ्य चौकि निमार्णको चरणमा छन् । स्वास्थ्य चौकिको भत्किएको लामो समयसम्म पनि पुननिमार्ण नहुँदा नागरिकहरुले गुणस्तरिय स्वास्थ्य सेवा पाइराखेका छैनन् । अस्थाइ भवनबाटै स्वास्थ्य उपचार गराइरहदा अहिले कोरोनाको बेलामा स्वास्थ्य मापदण्ड लागुगर्न समेत समस्या भइरहेको कतिपय स्वास्थ्य कर्मिहरुको गुनासो छ ।
(सुशील सुवेदी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )