काठमाण्डौ महानगरपालिका वडा नं ३० का सचिव घुस लिंदा लिदै रंगेहात पक्राउ

काठमाण्डौ महानगरपालिका वडा नं ३० का सचिव घुस लिंदा लिदै रंगेहात पक्राउ

कपन अनलाइन

काठमाण्डौ , चैत्र ५।

काठमाण्डौ महानगरपालिका वडा नं ३० का सचिव घुस लिंदा लिदै रंगेहात पक्राउ परेका छन।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा कार्यालय सचिव भरत कुमार पोखरेललाई रंगेहात पक्राउ गरेको हो।

सचिव पोखरेलले वडामा निर्माणको काम गरेका एक ठेकेदारको भुक्तानी दिने क्रममा रकम लिदै गर्दा अखियारको टोलीले पक्राउ गरेको हो। अख्तियारको स्टिङ अप्रेशन टिम वडा कार्यालय पुग्दा सचिव पोखरेलले चार लाख रुपैयाँ इन्जिनियरको दराजमा राखेका थिए।

रंगेहात पक्राउ परेका पोखरेललाई कानुन बमोजिम मुद्दा चलाइने अख्तियारले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।