बुढानिलकण्ठ-८ रुद्रमती मार्गमा कालोपत्रे गर्ने काम सम्पन्न

बुढानिलकण्ठ-८ रुद्रमती मार्गमा कालोपत्रे गर्ने काम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ५ ।

बुढानीलकण्ठ- ८ स्थित रुद्रमती मार्ग ८ मिटर चौडा भएको सडक कालोपत्रे गर्ने काम सम्पन्न छ ।

सडक विभागबाट ठेक्का भएको गत बैशाखमा सम्पन्न हुनुपर्ने सडक कोभिड-१९ का कारण केही समय ढिलो भएपनि हाल कालोपत्रे गर्नेकाम सम्पन्न भएको बूनपा-८ का वडा सदस्य माधव पौड्यालले  जानकारी  दिएका छन  ।

बूढानीलकण्ठ- ८ का अध्यक्ष सुमन तामाङका अनुसार ६०० मिटर कालो पत्रे तथा फुटफात रहेको सोसडकको छेउ भागमा रेलिङ हालिने छ । रुद्रमती मार्गको ६०० मिटर सडक कालोपत्रे गर्ने काम वडाको वशेष पहलमा बजेट व्यवस्थापन गराइ ठेक्का गरिएको हो ।

अध्यक्ष तामाङले  विकास निर्माणका अन्य तुलनमा सडक व्यवस्थापन तथा निर्माण कार्यलाई बढि जोड दिएको बताउदै  वडा भित्रका मुल सडक मात्र नभएर भित्रि सडकलाई पनि महत्वका साथ निर्माण तथा व्यवस्थापनको कार्यलाई तीव्रताका साथ अगाडी बढाएको बताए।

तपाइँको प्रतिक्रिया ।