इन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री बनाउने तयारी गरेका छौ :अध्यक्ष बंशलाल तामांग

इन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री बनाउने तयारी गरेका छौ :अध्यक्ष बंशलाल तामांग

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ५ /सुशील सुवेदी

सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताएका छन  । बुधबार ईन्द्रावति गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत व्यक्तिगत घटना तथा शुद्धिकरण कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष तामाङले सो कुरा बताएका हुन्  ।

पालिकामा यसभन्दा अघि रहेका सबै घटनाहरु सफ्टवेयर मार्फत अपलोड भईसकेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत मनोज दंगालले जानकारी दिए  । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत स्थानिय तहको ब्यक्तिगत घटना तथा शुद्धिकरण कार्यक्रम अन्तरगत सो काम गरिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जानकारी दिएका छन  ।

सिन्धुपाल्चोकको स्थानिय तहमध्ये नमुना गाउँपालिका बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई समेत जोड दिइएको अध्यक्ष तामाङले बताए  ।

एक कार्यक्रमका बिच गाउँपालिकामा आफ्नो पालिकालाई स्मार्ट भिलेजको रुपमा विकास गर्ने लक्ष्यसहित सुचना प्रबिधि मैत्रि गाउँपालिका बनाउन सबै वडा कार्यालयहरुमा कम्युटर,प्रिन्टर स्क्यानर र वाइफाईको ब्यबस्था गरिएको गाउँपालिकाका सल्लाहकार दिनेस चौलागाईले जानकारी दिएका छन  ।

गाउँपालिकाको सबै वडाहरुमा यसअघि नै बायोमेट्रिक हाजिरि जडान गरिसकेको छ । गाउँपालिकाको सबै सघंसंस्था तथा कार्यालयमा डिजिटल प्रविधि ल्याउने सुचना प्रविधि अधिकृत दंगालले जानकारी दिए  ।

(सुशील सुवेदी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।