कागेश्वरी मनोहरा नगरपालिकामा उठेका आन्तरिक आम्दानी बिवरण सार्वजनिक
कपन अनलाइन
काठमाडौं, चैत्र ४ ।कागेश्वरी मनोहरा नगरपालिकाले आ.ब. २०७७/०७८ को २०७७ श्राबण १ गते देखि २०७७ फाल्गुन मसान्त सम्म वडा नं. १ देखि वडा नं. ९ सम्म र नगरपालिकामा उठेको आन्तरिक आम्दानी बिवरण सार्वजनिक गरेको छ। नगर प्रमुख कृष्णहरि थापाले उक्त बिवरण सामाजिक संजाल फेस बुक मार्फत सार्वजनिक गरेका हुन । जसमा आ.ब. २०७७/०७८ को २०७७ श्राबण १ गते देखि २०७७ फाल्गुन मसान्त सम्म कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ देखि वडा नं. ९ सम्म र नगरपालिकामा उठेको आन्तरिक आम्दानी बिवरण निम्न रहेको उल्लेख गरेका छन ।
वडा नं. १ गागल – ४१ लाख ८४ हजार ८ सय ८७ पैसा १० मात्र ।
वडा नं. २ आलापोट – १८ लाख ७१ हजार २ सय ६९ पैसा २३ मात्र ।
वडा नं. ३ भद्रबास – २२ लाख ९६ हजार १ सय ८८ पैसा ८६ मात्र ।
वडा नं. ४ डाँछी – ३९ लाख २६ हजार ३ सय ८९ पैसा २५ मात्र ।
वडा नं. ५ थलि – ६३ लाख ८० हजार ९ सय ७४ पैसा ४४ मात्र ।
वडा नं. ६ मुलपानी – १ करोड ९५ हजार ६ सय ४५ पैसा ५३ मात्र ।
वडा नं. ७ अमरसिंग चोक – १ करोड १७ लाख ९ हजार ४ सय ७०
पैसा ४७ मात्र ।
वडा नं. ८ तेजबिनायक – ९० लाख ६९ हजार ४ सय ८ पैसा ९७ मात्र
वडा नं. ९ गोठाटार – १ करोड ७३ लाख ५ हजार ९ सय १९ पैसा ५५
मात्र । नगरपालिकामा – ४ करोड ९६ लाख ५७ हजार १ सय ८६ पैसा ६१
गरि जम्मा आम्दानी ११ करोड ६४ लाख ९७ हजार ३ सय ४० मात्र रहेको जानकारी गराएका छन ।