सुशासन र समृद्धिका लागि संचार अभियान चितवनका प्रशिक्षार्थीहरु संग अन्तरक्रिया
कपन अनलाइन
चितवन,चैत्र ४ /रबि रेग्मी
मदन भण्डारी फाउन्डेसनले गत फागुन ११ गते देखि १५ गते सम्म संचालन गरेको ५ दिने सुशासन र समृद्धिका लागि संचार बिषयक तालिमको भरतपुरमा समिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सचीव पेम्वा लामाले बैचारिक ज्ञानहरु सिकाउने संस्था फाउन्डेसन भएको बताउदै फाउन्डेसनले यस्ता तालीमहरु दिएर मानिसमा बैचारिक तर्क गर्ने क्षमता वृद्धि गर्ने बताएएकी थिइन् । लामाले निकट भबिष्यमै ३ दिने स्वतन्त्र लेखन तालीम संचालन गर्ने जानकारी दिएकि थिइन्।
तालिममा चितवन जिल्लाबाट सहभागीहरुले फाउन्डेसनको तालिमबाट सिकेका विषयका बारेमा अन्तरक्रिया गरिएको कार्यक्रममा फाउन्डेसनका केन्द्रिय सदस्य दिपक निरौला, प्रदेश कमिटी सदस्य बिजय सुवेदी, शान्ती अधिकारी, शिवकुमारी गोतामे, चितवन जिल्ला फाउन्डेसनका संस्थापक अध्यक्ष जगन्नाथ थपलिया, राष्ट्रिय सभा सदस्य पार्वती रावल, प्रेस चौतारी नेपाल चितवनका सह संयोजक कृष्ण आचार्यको उपस्थिति रहेको थियो ।
फाउन्डेसन चितवनका अध्यक्ष तिल चन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमा फाउन्डेसनका उपाध्यक्ष राम प्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। साथै कार्यक्रमको संचालन फाउन्डेसनका सह सचिव तिलक रिमालले गरेका थिए ।
( रबि रेग्मी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )