नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा रोभर/रेन्जर तालिम सम्पन्न

नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा रोभर/रेन्जर तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,चैत्र २।

नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा रोभर/रेन्जर (BTC/PTC) तालिम सम्पन्न भएको छ ।

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री एबम् नेपाल स्काउटका प्रमूख स्काउट दावा लामाको प्रमूख आतिथ्यतामा  फाल्गुन २४ देखी २९ गते सम्म भएको  रोभर तथा रेन्जर तालिममा सातै प्रदेश बाट १६ देखी २५ वर्षका २६५ जना प्रशिक्षार्थी सहभागिता जनाएका थिए ।

१६ देखी २५ वर्ष उमेरका युवाहरुलाई व्यापक रूपमा स्काउतिङ अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागि गराउने उ्देश्यले रोभर तथा रेन्जर तह तालिममा बिशेष जोड दिएको नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भन्डारीले बताएका छन।

प्रमूख अतिथि दावा लामाले अब हरेक स्थानीय तहमा स्काउटलाई विस्तारमा लागि पर्न नयाँ रोभर रेन्जर लाई आग्रह गर्नेदै पाल स्काउटलाई प्राथमिकतामा राखेर अघि बढ्ने युवा तथा खेलकुदमन्त्री दावा लामाले बताएका छन्।

सो रोभर तह तालिममा कोर्स डिरेक्टर वीरेन्द्र ध्वजु , कोर्स कोअर्डिनेट रदेवराज घिमिरे त्यसै गरी कोर्सलिडर तर्फ सुरज खनाल, सन्तोष राज गिरी, सत्यनारायण शाही , हरी बहादुर शाही , गोपाल महर्जन , सरण महर्जन तथा काउन्सिलर तर्फ सागर पौडेल , प्रणपमन् कर्माचार्य, राम चन्द्र ठाकुर ,नरेश अवाले , सुरज थापा ,शिव कुमार टवाने, पवन कोइराला , नेगमा सिङ तामाङ चेत राज जोशीको उपस्थिति रहेको थियो।

त्यस्तै उक्त  तालिममा कोर्षलिडर सुचिता सैजु, मौसमी गुरुङ सुशीला कुमारी विष्ट, त्यसैगरी काउन्सिलर तर्फ मलिना महर्जन नविना श्रेष्ठ, सरु गोसाई , मेरिना सैजु , रञ्जु तामाङ अस्मिता श्रेष्ठको पनि सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।