मिस तामाङ २०२१ बनिन काभ्रेकी सफलता थिङ तामाङ

मिस तामाङ २०२१ बनिन काभ्रेकी सफलता थिङ तामाङ

कपन अनलाइन 

काठमाडौं फागुन २९।मिस तामाङ २०२१ को ताज काभ्रेकी सफलता थिङ तामाङले पहिरेकी छन्। राजधानीको होटल र्‍याडिसनमा शुक्रवार साँझ भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगी नम्बर १ सफलताले उपाधि हात पारेकी हुन्।सफलताले उपाधिसँगै मिस इन्टेलेक्चुअल, मिस मल्टिमिडिया र मोस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा पारिन्। काठमाडौं मोडल कलेजमा स्नातक तहमा कानुन विषयमा अध्ययनको तयारीमा रहेकी उनलाई १२ संस्कारणकी विजेता सरिता तामाङले ताज पहिरिदिइन्। उनले कार्यक्रमको शुरुमै आफू सफल अधिवक्ता बन्ने योजना सुनाएकी थिइन ताज  र विभिन्न टाइटलसहित सफलताले एक लाख रुपैयाँ नगद, गिफ्ट ह्याम्परका साथमा थाइल्यान्ड टुरको टिकट हात पारेकी छिन्।

त्यसैगरी फस्ट रनर अप पेमा पाख्रिन र सेकेन्ड रनरअप सोनिया वाइवा भएका छन् । उनीहरूले क्रमशः नगद २० हजार रुपैयाँ र ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।प्रतियोगीतामा  सिसम दोङ लामा मिस पर्सनालिटी फोटोजेनिकमा सुनिता तितुङ तामाङ, मिस फ्रेण्डली सुस्मा घिसिङ तामाङ र मिस कन्फिडेन्सको उपाधि  सुजाता तितुङ तामाङले हात पारिन  ।एम डी ग्रुपको प्रस्तुतिमा भएको १३औँ संस्करणको प्रतियोगिता मम्स् इन्टरनेशनल नेपालको आयोजनामा भएको हो। कार्यक्रम तामाङ संस्कार र संस्कृति जगेर्ना गर्न आयोजना गरेको आयोजक संस्थाकी प्रमुख रञ्जिता ब्लोन लामाले जनाइन्।

तपाइँको प्रतिक्रिया ।