काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारामा फ्रेण्डशिप कम्यूनिटी हस्पिटल उद्घाटन

काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारामा फ्रेण्डशिप कम्यूनिटी हस्पिटल उद्घाटन

कपन अनलाइन

काठमाडौं ,फागुन २४।

“सर्वसुलभ उपचार हाम्रो पहिचान, स्वस्थ नागरिक हाम्रो अभियान” नारासहित स्थापित २५ बेडको विशिष्ट विशेषज्ञ सेवासहितको फ्रेण्डशिप कम्यूनिटी हस्पिटल उद्घाटन गरिएको छ।

काठमाडौं महानगरपालिका वडा-४ का अध्यक्ष मोहन बिष्ट, बुढानिलकण्ठ नगरपालिका वडा ९ कि कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, १० का अध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई लगायतको उपस्थितिमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सो अस्पतालको उद्घाटन गरेका थिए।

काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारामा रहेको सो हस्पिटलले आजदेखि शुरु गरेको ६ वटा बिशेषज्ञ बहिरंग सेवा (ओपिडी) पनि सुरु गरेको छ। हस्पिटलले निम्न र मध्यम वर्गीय बिरामीहरुलाई लक्षित गरि शुरु गरिएको सेवाहरु बिशेषज्ञ बहिरंग (ओपिडी) सेवा, बिशेषज्ञ अन्तरंग सेवा, आकस्मिक सेवा (ईमर्जेन्सी), जनरल/बिशेषज्ञ सर्जरी सेवा, स्त्री रोग बिशेषज्ञ सेवा, बालरोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा सम्बन्धि बिशेषज्ञ सेवा, गुणस्तरीय प्रयोगशाला सेवा, रेडियोलोजि एक्स रे, औषधि सेवा (फार्मेसी) पूर्ण शरीर जाँच , परिवार नियोजन तथा मातृशिसु स्वास्थ सेवा, स्वास्थ्य शिविर संचालन, खोप, यौन रोग उपचार सेवा २४ सै घन्टा संचालन हुने जानकारी दिएको छ ।

फ्रेन्डसीप कम्यूनिटी हस्पिटल सञ्चालक समितिकी  उपाध्यक्ष मिना कटुवालले  स्वागत मन्तव्य राखेको कार्यक्रम  सचिव जे.बि.दीपक अधिकारीले संचालन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।