तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको उपाधि होली एन्जल्स स्कुललाइ

तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको उपाधि होली एन्जल्स स्कुललाइ

कपन अनलाइन

काठमाडौं फागुन २३ ।गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना  गरिएको तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको उपाधि होली एन्जल्स स्कुलले जितेको छ ।

फागुन १५ गते बाट गोकर्णेश्वर नगरपालिका भित्र  संचालनमा रहेका कुल २४वटा  बिध्यालयका  बिद्यार्थीहरुको  सहभागीता रहको सो  प्रतियोगितामा होली  एन्जल्स स्कुलले अरुणोदय माविलाई २ -० गोल अन्तरले पराजित  गर्दै तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको उपाधि चुमेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा होलि एन्जल्स स्कुलले खेल शुरु भएको १४ मिनेटमा नै होली एन्जल्स स्कुलका जरिस नं ४ का सुजन गोले  ले आकर्षक गोल गर्दै अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेको अरुणोदय माविका खेलाडीहरुले खेललाइ बराबरीमा ल्याउनको लागि धेरै प्रयास गरे पनि उक्त प्रयास गोलमा परिणत हुन सकेन। पुन  खेलको अन्तिम समयमा होलि एन्जल्सका जर्सी नं ९ का खेलाडी साजन सिंग्तनले गोल गर्दै होली एन्जल्सलाइ २-० गोल को अग्रता दिलाउदै उपाधि माथि कब्जा जमाएको हो। खेलमा अरुणोदय माविले कुनै पनि गोल गर्न सकेन।

जित संगै होली एन्जल्स स्कुलले नगद रु २५ हजार संगै ट्रफी मेडल र प्रमाण पत्र हासिल गरेको छ भने दितीय हुदै अरुणोदय माविले नगद रु १० हजार  सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।त्यसै गरि  प्रतियोगितामा मनकामना माबी तृतीय हुदै नगद रु ५ हजार सहित  ट्रफी मेडल र  प्रमाणपत्र हात पर्यो भने प्रतियोगीतामा समता मावि चौथो स्थान हासिल गरेको छ ।

प्रतियोगितामाहोलि एन्जल्स स्कुलका गोल रक्षक लोप्सांग वाइबा उत्कृष्ट गोल रक्षक घोसित भए भने अरुणोदयका ईश्वर राइ उत्कृष्ट खेलाडी घोसित भए । त्यसै  गरि मनकामना स्कुलका अनुज थिंगले सर्वाध्क ५ गोल गर्दै सर्वाधिक गोलकर्ता घोसित भए ।त्यसै गरि समता माबी अनुशासित टिम घोसित भयो ।

कार्यक्रममा बिजेता उप बिजेता तेस्रो र चौथो स्थान  सहित उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे,   स्व. चक्र बहादुर ठकुरीका सुपुत्र नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् युवा नेता विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,   छहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठ  नेपालय इंगलिस पब्लिक स्कुलका म्यानेजिंग डायरेक्टर बुद्ध श्रेष्ठ  लगायतले पुरस्कार वितरण गरेका  थिए।

कार्यक्रममा छहारी युवा क्लबलाई लाइ अतुलनीय योगदान पुर्याउने  सदस्यहरुलाई पनि उनीहरुले पुर्याएको योगदानको कदर  गर्दै सम्मान गरिएको थियो भने कार्यक्रम सफल बनाउनको लागि सहयोग पुर्याउनेहरुलाई समत सम्मान गरिएको थियो  प्रतियोगितामा निर्णायकको भूमिकामा रहेका रेफ्री प्रदिप लामा र प्रमोद थापालाइ समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय चक्रबहादुर ठकुरीको सामाजिक, राजनीतिक व्यक्तित्वका बारेमा  बताउदै गोकर्णेश्वर क्षेत्रको विकासमा स्वर्गीय ठकुरीले पुर्याएको  योगदानको बारेमा चर्चा गरेका थिए  । स्वर्गीय चक्रबादुर ठकुरीबाट प्रेरणा लिनेहरु समाजमा धेरै रहेको भन्दै  सामाजिक विकास, स्वस्थ राजनीति र अनुशासित जीवनका लागि  ठकुरीबाट  धेरै कुरा सिक्न आवश्यक रहेको  बताएका थिए ।

उनीहरुले स्व. चक्रबहादुर ठकुरीको स्मृतिमा अक्षय कोष  स्थापना गरि  बिभिन्न कार्यक्रम  गर्नुपर्नेमा जोड दिएका  थिए ।

तपाइँको प्रतिक्रिया ।