योङ स्टार क्लव दुवाचौरको आयोजनामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

योङ स्टार क्लव दुवाचौरको आयोजनामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

कपन अनलाइन

सिन्धुपाल्चोक ,फागुन २१ /सुशील सुवेदी

योङ स्टार क्लब दुवाचौरको आयोजनामा बिहिबारबाट जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । फागुन २० देखि २२ गते सम्म संचालन हुने प्रतियोगिताको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले उद्घाटन गरेका छन  । मेलम्ची नगरपालिका ७ दुवाचौरमा आयोजित प्रतियोगितामा कुल ११ टोलिको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलहरुमा प्रतिभा युवा क्लब दुवाचौरले बालसुधार मा.वि. लाई २(०, आयोजक योङ स्टार युवा क्लब दुवाचौरले इन्द्रावती गाउँपालिकालाई २(०, परीवर्तनशिल युवा क्लबले दोर्जेलाक्पा युवा क्लबलाई २(०, दुवाचौर सामुदायिक युवा क्लबले नमुना युथ क्लबलाई समान २(० को साझो सेटमा पराजित गरेको छ । आजै सम्पन्न अन्य खेलहरुमा पाँचपोखरी थाङपाल गाउँपालिकाले बालसुधार मा.विलाई २(०, कालिकादेवी युवा क्लबले दुवाचौर सामुदायिक युवा क्लबलाई २(०, प्रतिभा युवा क्लब क्यौरानीले पाँचपोखरी थाङपाल गाउँपालिकालाई २/० र परिवर्तनशिल युवा क्लब दुवाचौरले हिमशिखर युवा क्लब हेलम्बुलाई समान २(० को सोझो सेटमा पराजित गरेको बालसुधार मा.वि. का क्षिक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउनेछ भने दोश्रो हुनेले ५० हजार र तेश्रो हुनेले २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

(सुशील सुवेदी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।