फ्रेन्डशिप कम्युनिटी अस्पताल सुकेधारा फागुन २३ गते आइतवार उदघाटन हुने

फ्रेन्डशिप कम्युनिटी अस्पताल सुकेधारा फागुन २३ गते आइतवार उदघाटन हुने

कपन अनलाइन

काठमाडौं ,फागुन १८।

फ्रेन्डशिप कम्युनिटी अस्पताल सुकेधारा फागुन २३ गते आइतवार उदघाटन हुने भएको छ। काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारामा रहेको उक्त अस्पताल विभिन्न रोगहरुको विशेष उपचार हुने अस्पतालले जानकारी दिएको छ।

आफ्ना सेवाहरुमा शिक्षकहरुका लागि विशेष छुटको घोषणा गरेको अस्पतालले फागुन २४ गते नारि दिवसको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम पनि आयोजना गरेको छ।

विभिन्न क्षेत्रमा क्रियाशील रहेका करिव ६ दर्जन संचालकहरु रहेको अस्पतालले अन्य विशेष सेवाहरु पनि संचालन गर्ने जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।