लायन्स क्लब द्वारा टोखाको Children and youth mobilization academy लाई आवश्यक सामग्री प्रदान

लायन्स क्लब द्वारा टोखाको  Children and youth mobilization academy लाई आवश्यक सामग्री प्रदान

कपन अनलाइन

काठमाडौँ, फागुन १७ ।लायन्स क्लबले  टोखा नगरपालिका झोरस्थित children and youth mobilization academy मा आश्रय लिइरहेका बालबालिकाहरुलाइ आवश्यक सामग्री प्रदान गरेको छ ।   फागुन १५ गते गोकर्ण जगडोलको राष्ट्रिय सहिद तथा शान्ति पार्कमा  लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं सिम्रिकको संयोजकत्वमा भएको अन्तर लायन्स म्याराथन कार्यक्रम बाट बचेको रकम बाट उक्त संस्थालाई सहयोग गरिएको हो ।

म्याराथन कार्यक्रममा  ४५ वटा भन्दा बढी लायन्स क्लबको सहयोग रहेको थियो। म्याराथन बाट  बचत भएको संकलित रकम रु ९५ हजार बराबरकोशैक्षिक सामग्री अन्तर्गत कापी कलम त्यसै गरि जाडोको लागि आवश्यक  डस्ना, लगायतको सामग्री संस्थामै पुगी हस्तान्तरण गरिएको लायन ठण्डराज ठकुरी (राजन)ले कपन अनलाइनलाइ जानकारी गराए । कार्यक्रमको संयोजक लायन्स क्लब अफ काठमाडौं सिम्रिक रहेको थियो। करिब २.५ किलोमिटरको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम भट्टराई प्रथम, धर्म शरण श्रेष्ठ दितीय  र पुरुशोत्तम खरेल तृतीय भएका थिए । यस्तै, महिलातर्फ अमृता केसी प्रथम, सपना चौधरी दितीय  र सुष्मा  पाण्डे तृतीय भएका थिए ।

तपाइँको प्रतिक्रिया ।