चम्पादेवी गाउँपालिका वडा नं ५ मा दक्षिणकाली मन्दिरको शिलान्यास

कपन अनलाइन

ओखलढुंगा ,फागुन १५।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ५ मा रहेको दक्षिणकाली मन्दिरको शिलान्यास गरिएको छ। गाउँ पालिकाले बिनियोजन गरेको १ लाख रुपैया बाट निर्माण हुन् लागेको उक्त मन्दिरको चम्पादेवी गाउँपालिका अध्यक्ष नबराज केसीले शिलान्यास गरेका हुन्।

चम्पादेवी गाउँपालिका वडा नं ५ का अध्यक्ष झलक मान तामांग ,वडा नं ८ का अध्यक्ष अजय लुइँटेल लगायतको उपस्थितिमा भएको मन्दिर शिलन्यास कार्यक्रममा अध्यक्ष केसीले व्यक्तिगत रुपमा २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।