Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/151259213_233123048533590_2017596937114159557_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/151823394_127231072561879_3306791090875695746_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुरको कालिका शरण मा. बि लाइ काेरीयन सहयोग

कपन अनलाइन

काठमाडौं, फागुन १२ ।  शंखरापुर नगरपालिकाको कालिका शरण माध्यमिक बिध्यालयलाइ कोरियाको उम होङगिल ह्युमन फाउन्डेसन द्वारा करिब ३० लाख बराबरको आर्थिक सहयोग  प्रदान गरेको छ।  फाउन्डेसनले बिध्यालयको पुस्तकालय, कम्प्युटर ल्याब  र  तारबार (बाउन्ड्री वाल ) निर्माणको लागि उक्त रकम  सहयोग गरेको हो।

बिध्यालयमा एक कार्यक्रमका बीच  शंखरापुर नगरपालिकाका प्रमुख  सुवर्ण श्रेष्ठ, उपप्रमुख  शुक्र लक्ष्मी श्रेष्ठ र  उम होङगिल ह्युमन फाउन्डेसनका कन्ट्री डाइरेक्टर लि जे उ ले संयुक्त रुपमा पुस्तकालय, कम्प्युटर ल्याब र बाउन्ड्रीवालको  उद्घाटन गरेका छन । फाउन्डेसन द्वारा बिद्यालयको  भौतिक  पुर्वाधारको  बिकासमा उल्लेखनीय सहयोग गरेको बताउदै बिद्यालय संगैको पहिरो रोकथामको लागि नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराएका थिए।  उनले बिध्यालयको  भौतिक पूर्वाधारको विकास संगै शिक्षाको  गुणस्तरमा  पनि बिकास हुनु पर्ने बताएका थिए ।

 कार्यक्रममा शंखरापुर नगरपालिकाका उप प्रमुख  शुक्र लक्ष्मी श्रेष्ठले सबैको  सहयोगले बिद्यालय राम्रो  बनेको बताउदै  सहयोगी दातालाई धन्यबाद दिएकी थिइन उनले शिक्षाको गुणस्तर बृद्दी गर्नुपर्नेमा जोड दिदै त्यसमा नगरपालिकाको सहयोग रहने बताएकी थिइन ।कार्यक्रममा  उम होङगिल ह्यमन फाउन्डेसनका कन्ट्री डाइरेक्टर लि जे उ ले   यो दोस्रो  चरणको  सहयोगका  काम सुरू भएको बताउदै यसलाइ निरन्तरता दिदै जाने जानकारी गराएका थिए ।  यस अघि पनि बिद्यालयको  भवनको  लागि करीब ५ करोड सहयोग गरेको स्मरण गरेका थिए  ।

फोटो : प्रेम प्रकाश

तपाइँको प्रतिक्रिया ।