चितवन र मकवानपुरका युवाहरुका लागि मदन भण्डारी फाउन्डेसनको पत्रकारिता तालिम
कपन अनलाइन
चितवन ,फागुन ११।
मदन भण्डारी फाउन्डेसनको सुशासन र समृद्धिका लागि संचार अभियान अन्तर्गत चितवन र मकवानपुरका युवाहरुका लागि पत्रकारिता तालिम शुरु भएको छ ।
मकवानपुर र चितवन सहितका जिल्ला बाट ३५ जनाको सहभागिता रहेको तालिममा दुई जिल्लाका २० देखि २५ वर्ष उमेर समुहका युवाहरुलाई आधारभूत पत्रकारिता,पत्रकारिताका सिदान्त,समाचार लेखन,अनलाइन पत्रकारिता सहित नेपाल कम्युनिस्ट पार्टीको इतिहास र जनताको बहुदलीय जनवाद लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
पाँच दिन सम्म शैदान्तिक र ३ महिना प्रयोगात्मक रुपमा हुने तालिममा डा. कुन्दन अर्याल,विमल पोखरेल, घनश्याम कोइराला,रामशरण प्याकुरेल,अमरध्वज लामा,मिलन घरेल,महेन्द श्रेष्ठ, गोकुल घर्ति, कृष्ण राई, डाक्टर कल्याण रोका र पेम्बा लामा र शिवकुमारी गोतामे लगायतले प्रशिक्षण दिनेछन।
यस अघि फाउन्डेसनले काठमाडौं जिल्लाका ११ स्थानीय तह सहित बागमती प्रदेसका ११ जिल्लामा २ सय जना भन्दा बढीले सो तालिम लिइसकेका छन।