शंखरापुर नगरापलिका ८ मणिचूडको बनदेवी आधारभूत विद्यालय पुननिर्माण हुने
कपन अनलाइन
काठमाडौँ, फागुन ११ ।भूकम्पले क्षति पुर्याएको शंखरापुर नगरापलिका वडा नं. ८ मणिचूड स्थित बनदेवी आधारभूत विद्यालय पुननिर्माण हुने भएको छ । Latter -Day Saint Charities, USA को हङकङ स्थित एसिया क्षेत्रीय कार्यालयको अनुदानमा समाज कल्याण परिषद तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट स्वीकृति लिइ सफा सुनौलो नेपालद्वारा पुनर्निर्माण हुन लागेको उक्त विद्यालय भवनको शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले शिलान्यास गरेका हुन् । दुइतले ६ कोठे भवन करिब एक करोड ६३ लाख ७५ हजारको लागतमा निर्माण गर्न लागिएको सो भवन २०७८ साल मङ्सिर सम्म सम्पन्न हुने सफा सुनौलो नेपाल संस्थाका कोषाध्यक्ष सुनिल शाह हमालले जानकारी दिएका छन् ।
शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै शंखरापुर नगरापालिकाका मेयर सुवर्ण श्रेष्ठले काठमाडौंको नजिक रहेर पनि बिकट मानिने मणिचुडमा नया बिध्यालय भवन बन्न लागेकोमा खुसि ब्यक्त गर्दै राज्यको दीर्घकालीन सोच पुग्न नसकेको स्थानहरुमा बिभिन्न दाताहरूको सहयोगमा बिद्यालय भवनहरू बन्ने क्रम जारी रहेको बताउदै बिद्यालयको आधुनिक भवन सँगै शिक्षाको गुणस्तरमा पनि बृद्दी गर्नुपर्ने मा जोड दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शंखरापुर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष हितमान तामाङले सहयोगी दाताहरुको सहयोगमा बिध्यालय भवनहरु बन्दै गएकोमा खुसि ब्यक्त गरेका थिए उनले निर्धारित समयमा नै गुणस्तरीय रुपमा निर्माण सम्पन्न होस् भन्ने कामना गरेका थिए ।
सफा सुनौलो नेपालका संस्थापक अध्यक्ष रही विगत् दुइ दशक देखि सामाजिक क्षेत्रमा निरन्तर अग्रसर रहेका स्व. राकेश हमालको पहलमा संचालन भएको उक्त परियोजना सम्पन्न पश्चात राकेश हमाल स्मृतिमा उक्त भवनको नाम “Rakesh Hamal Memorial Building” राखिने भएको छ। सफा सुनौलो नेपालले स्थापानाकाल देखि नै देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
फोटो :प्रेम प्रकाश