नेपालमा व्यवस्था नै असफल भैसक्यो :बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने

कपन अनलाइन
काठमाडौं, फागुन १०।

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालमा व्यवस्था नै असफल भएको टिप्पणी गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रचण्ड र माधव नेपालले विदेशी शक्ति गुहारेको उनको आरोप छ । त्यस्तै, हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूहरुको पक्षमा फैसला नआए आन्दोलन गर्छु भनेर सुनाउँदै यी सबै अभिव्यक्ति व्यवस्थाको असफलता भएको न्यौपानेको टिप्पणी छ ।
उनले नेपालको संविधान संसारको सबैभन्दा महँगो भएको उल्लेख गरे । न्यौपानेले कम्युनिष्ट कहिल्यैपनि प्रजातान्त्रिक नहुने जिकिर गरे । उनले अहिलेका सर्वोच्च अदालतका न्यायाधीहरुलाई नेकपा दुवै पक्षले अन्तर्वार्ता लिएको सुनाए । अब नेपाली जनताले विकल्प खोज्नुपर्ने पनि उनको माग छ । अहिलेसम्मको घट्नाक्रम हेर्दा यो व्यवस्थाले काम नगर्ने पनि उनको ठोकुवा छ ।
उनले निर्वाचन भयो भने यो व्यवस्थाको आयु अलिकति लम्बिने पनि टिप्पणी गरे । प्रधानमन्त्री ओलीले गलत रुपमा संसद विघटन गरेको भए जनताले सजाय दिनेपनि सुनाए ।

तपाइँको प्रतिक्रिया ।